आय स्रोत बन्दै गुन्द्रुक

प्लाष्टिकभित्र रहेको गुन्द्रकसँगै हरियो सागको तीनपात देखिने ‘लेवलिङ पेपर’ले दमेकका किसानले उत्पादन गरेको जंगली बाँकोलाई प्रष्ट चिनाउँछ । एक पटक बाँकोको स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरी दमेकका किसानले जंगलमा संकलन गरेको बाँकोको गुन्द्रुक ‘लेवलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् ।

यहाँका किसानले छुँदै चिलाउने वनस्पतीलाई शहरका भान्सामा पु¥याउने अभियान थालेका हुन् । समुहमा आबद्ध किसानले जंगलमा पाईने पिँडालु प्रजातीको बाँकोलाई गुन्द्रुक बनाएर बजारीकरण थालेको तीन बर्ष भयो । बाँकोले गाउँसहर जोडेको छभने दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग जोड्न थालेको छ ।

EPIC EPIC EPIC

पहिलो बर्ष गाउँघरकै लागि मात्रै गु्न्द्रुक उत्पादन गरेका किसानलाई अघिल्लो बर्ष जैमिनी नगरपालिकाले ‘लेवलिङ’ र ‘प्याकेजिङ’को तालिमसहित सहयोग गरेको थियो । यो बर्ष भने किसानहरु आँफैले लगानी गरेर ‘लेवलिङ’ र ‘प्याकेजिङ’ गरेर बाँको बजारमा ल्याएका छन् ।
‘किसानको उत्पादन ‘लेवलिङ’ र ‘प्याकेजिङ’ भएर बजारमा जाँदा त्यसको मुल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो बर्ष नगरले सहयोग गरेपछि अहिले किसान आँफैले लगानी गरेर बजार ल्याएका छन्’ कृषि प्राबिधिक रविन्द्र शर्माले भने ‘किसानले बाँकोबाट राम्रो आम्दानी गर्ने योजनामा छन् ।’

यहाँका किसानले उत्पादन गरेको बाँको स्थानीय बजार र पोखरा काठमाण्डौंजस्ता शहरमा माग छ । बिदेशमा रहेका नेपालीले समेत बाँकोको गुन्द्रुकको माग गर्ने गरेका छन् । उच्च पहाडी क्षेत्रमा गुन्द्रुक बनाउन प्रयोग गरिने जंगली वनस्पती बाँको अब व्यवसायीक किसानको रोजाइमा पर्न थालेको छ । शहरिया भान्छामा बाँकोको गुन्द्रुक पाक्दै छ ।

छन्त्याल कृषक समुहमा आबद्ध दमेकका १४३ जना किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको हो । अन्य सागबाट भन्दा बाँकोको सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जंगली बाँकोको गुन्द्रुक बनाउँदै आएका थिए ।
आफन्तलाई कोसेलीको रुपमा मात्रै गाउँ बाहिर जाँदै आएको बाँको अब भने किसानको आम्दानीको स्रोत बनेको छ । ‘नजिकको जंगल बर्षमा दुई पटक १५/१५ दिनको लागि मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ’ छन्त्याल कृषक समूहका अध्यक्ष देवप्रकाश छन्त्यालले भने ‘समुहमा आवद्ध किसानहरुले टिपेको बाँको समुहले नगदमा खरिद गरेर प्रसोधन, लेवलिङ, प्याकेजिङ गर्छ र बजार बठाउँछ ।’

दमेकका झण्डै पाँच सय घरमा बाँको हरेक घरमा भित्रिन्छ । तर, कसैले पनि यसलाई व्यावसायिक बनाएका थिएनन् । यो बर्ष पाँच सय किलो बाँको बजार पठाउने समुहको योजना छ । समुहले १ सय ग्रामका प्याकेट तयार गरेको छ । एक प्याकेटको मुल्य ३०० रुपैयाँ कायम गरिएको छन्त्यालले जानकारी दिए । गत बर्षभन्दा प्रति एक सय ग्राममा ५० रुपैयाँ मुल्य कम गरिएको छन्त्याल बताउँछन् ।

जेठ/असारमा दमेकका जंगलभरी पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्छ । असोजसम्म टिप्न नभ्याइएमा बाँको यत्तिकै हराएर जान्छ । सावधानीपूर्वक नटिप्ने हो भने बाँकोको काँचो पातले शरीर चिलाउने समस्या हुन्छ । यहाँका किसानले परम्परागत रुपमा बाँकोका पात र काण्ड टिपेर परम्परागत शैलीबाट थिचेपछि एक महिनासम्म प्लाष्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुने छन्त्याल बताउँछन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *