आर्थिक अभावका कारण रमाको उपचारमा समस्या, सहयोग गरिदिन अपिल

बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउँपालिकाकी वर्ष ४२ की रमा भट्टराई रामप्यारीलाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको ३ दिनदेखि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

९ वर्षअघि नै घर छोडेर हिँडेका उनका श्रीमानको अहिलेसम्म अत्तोपत्तो छैन । ३ वटा छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारका लागि सबैसँग हारगुहार मागिरहेकी छिन् । उनी ज्यालादारीमा अलैँची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्च सँगै घर चलाउँदै आएकी थिइन् । तर, उनी अहिले थलिएसँगै बालबच्चाको पनि पढाइसँगै घर खर्चमा समस्या भएको उनी बताउँछिन् ।

EPIC EPIC EPIC

उनी करिब ४/५ वर्षदेखि बिरामी छिन् । उनी बिर्तामोड ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनीय अवस्था देखेर निर्मलले निःशुल्क रुपमा करिब ६ वर्षदेखि एउटा कोठा उपलब्ध गराउँदै आएका छन् । काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसँगै आफूलाई बचाइदिन उनले अस्पतालको शय्याबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् । व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाइसहित आफन्तहरूले सहयोग जुटाएर अहिलेसम्म उनको उपचारमा झन्डै १५ लाख रकम खर्च भइसकेको छ ।

चिकित्सकको भनाइलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केही वर्षअघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारका लागि उनलाई विराटनगर लगिएको थियो । उनको त्यो समस्या निर्मूल भए पनि अहिले उनलाई फोक्सोमा समस्या तथा मुटुमा प्वाल रहेको र दांयापट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।

बिस्टका अनुसार चिकित्सकले उनको उपचारका लागि अहिले मोटो रकम लाग्ने बताएका छन् । उनलाई क्यान्सर नभए पनि फोक्सोमा गाँठाहरू रहेको चिकित्सकले बताएका छन् भने केही रिपोर्टहरू आउन बाँकी रहेको बताइएको छ । अहिले सम्पत्तिका नाममा उनको केही पनि छैन । रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् । सहयोगका लागि बिरामी भट्टराईकी छोरी मनुका भट्टराईको नाममा एनआइसी एसिया बैङ्क बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ । छोरीको मोबाइल नम्बर ९८१८६७४६५४ मा सम्पर्क गरी आवश्यक सहयोगसमेत गर्न सकिनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च