आर्सनलको रियल म्याड्रिडमाथि शानदार जित

युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत भएको क्वार्टरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब रियल म्याड्रिडमाथि ३-० को शानदार जित दर्ता गरेको छ। लण्डनस्थित एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका डेक्लान राइसले दुई उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए भने मिकेल मेरिनोले तेस्रो गोल थप्दै जित सुनिश्चित गरे।

खेलको अन्त्यतिर रियल म्याड्रिडका खेलाडी एडुआर्डो क्यामाभिन्गाले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए।

EPIC EPIC EPIC EPIC EPIC

यो जितसँगै आर्सनलले दोस्रो लेगको लागि महत्वपूर्ण अग्रता बनाएको छ। अब दोस्रो लेग अप्रिल १६ मा स्पेनको सान्टियागो बर्नाबेउ रंगशालामा हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *