इजरायलमा रकेट आक्रमणमा परी सात नेपाली विद्यार्थी घाइते

दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत ७ जना नेपाली विद्यार्थी प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा घाइते भएका छन् ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न पुगेका उनीहरुसहित १७ जना अहिले हमासको घेराबन्दीमा छन्।

EPIC EPIC EPIC EPIC EPIC

हर्जेलियामा रहेका इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पनि आक्रमणमा परी ७ जना विद्यार्थी घाइते भएको र उनीहरुसहित १७ जना विद्यार्थीहरू आक्रमणकारीको घेरामा रहेको पुष्टि गरिन।

विद्रोहीले उनीहरू रहेको क्षेत्रलाई आफ्नो कब्जामा लिएका कारण उद्धार गर्न कठिन भइरहेको उनले वताईन। कर्फ्यु लागेका कारण आफुहरु पनि निवासबाट बाहिर निस्किन सक्ने अवस्था नरहेको उनले भनाई छ।

गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले समस्यामा परेका नेपालीलाई दूतावास र संघको सम्पर्कमा आउन आग्रह गरिएको बताए।

शनिबार बिहानैदेखि प्यालेस्टिनी विद्रोही समूह हमासले गाजाबाट इजरायली भूमिमा रकेट आक्रमण गरेपछि इजरायली सेनाले जवाफी आक्रमण सुरु गरेको हो । हमासको आक्रमणमा इजरायलतर्फ केही हताहतीसमेत भएको खबर सार्वजनिक भएका छन् । टाइम्स अफ इजरायलले हमासको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको जनाएको छ । सयौँ घाइतेमध्ये ७० जनाको अवस्था गम्भीर रहेको समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयले ’प्यालेस्टिनी आक्रमण’ मा अहिलेसम्म ५४५ जना घाइते भएको जनाएको छ ।

हमासका हतियारधारी व्यक्ति दक्षिणी इजरायलमा अचानक प्रवेश गरेर आक्रमण गरेको इजरायलको भनाइ छ । हमास नेता मोहम्मद डेफले शनिबार बिहान इजरायलतर्फ करिब ५ हजार रकेट आक्रमण गरेको बताएका छन् ।

पछिल्लो पटक २०२२ को अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा कम्तीमा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो ।

त्यसअघि सन् २०२१ मा रमदानकै महिनामा इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजाका २५० जना र इजरायलका १३ जना मारिएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *