इजरायली हमलामा इरानका ७८ जनाको मृत्यु, सयौं घाइते

काठमाडौं। इजरायलले इरानका आणविक भण्डार, जनरल र वैज्ञानिकहरूमाथि गरेको हमलामा ७८ जनाको मृत्यु भएको छ।

इजरायलले शुक्रबार गरेको आक्रमणमा ३२० भन्दा बढी घाइते भएको इरानका राजदूतले संयुक्त राष्ट्र सुरक्षा परिषदलाई बताएका छन्। उनले भनेका छन् कि पीडितहरूमध्ये “धेरैजसो” नागरिक थिए।

EPIC EPIC EPIC EPIC EPIC

राजदूतले यो कुरा इरानले इजरायलको व्यापारिक राजधानी तेल अभिभलाई लक्षित गरी लामो दुरीका मिसाइल प्रहार गरेपछि बताएका हुन्, जसमा कम्तिमा ३४ जना घाइते भएको इजरायलको प्यारामेडिक सेवाले जनाएको छ।

इजरायलले इरानको द्रुत गतिमा बढिरहेको आणविक कार्यक्रमलाई लिएर बढ्दो तनावका बीच इरानमाथि हमला गरेको हो। वर्षौंदेखि, इजरायलले यस्तो हमलाको धम्की दिँदै आएको थियो र लगातारका अमेरिकी प्रशासनहरूले यसलाई रोक्न खोजेका थिए।

इरानी क्षेप्यास्त्रहरू र इजरायली अवरोधक रकेटहरूले रातको आकाशमा धुवाँ र आगोको निशान छोड्दा, इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले इजरायललाई “यो ठूलो अपराधबाट सुरक्षित रूपमा उम्कन” नदिने वाचा गरे।

इरानी अधिकारीहरूले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा यो आक्रमणलाई ‘बर्बर र आपराधिक’ भन्दै कडा निन्दा गरेका छन्।

इरानका संयुक्त राष्ट्रसङ्घ प्रतिनिधि अमीर–सईद इरावानीले न्यूयोर्कमा जारी सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सम्बोधन गर्दै इजरायलले जानाजानी नागरिक क्षेत्र, आवासीय भवनहरू र आणविक पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको बताए।

उनले भने, ‘हामीले आफ्ना नागरिकहरूलाई इजरायली आक्रमण र अमेरिकी सहयोगमा गुमाएका छौँ।’ इरावानीले अमेरिकालाई पनि दोषी ठहर गर्दै उसले इजरायललाई हतियार र सहयोग दिएको आरोप लगाए।

साथै, उनले सुरक्षा परिषद्लाई इजरायलको कारबाहीको निन्दा गर्न र उसलाई जबाफदेही बनाउन आग्रह गरे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *