इजरायल-इजिप्ट सिमा क्षेत्रमा ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।

नेपाल सरकारले धेरै नेपालीलाई सुरक्षित स्थानमा सारिएको भनिरहेका बेला आफूहरू भने इजरायल–इजिप्टको बोर्डरमा अलपत्र अवस्थामा रहेको सुरज भण्डारीले जानकारी दिए ।

EPIC EPIC EPIC EPIC EPIC

‘अहिले हामी करिब ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डर काडेस बर्नियामा छौं,’ सुरजले राजधानीसँग भने, ‘यो मरुभूमि नै हो (रामत नेगेभ), इजिप्ट र इजरायलको सम्बन्धमा मैले पहिला नै भनिसकेको छु, अब सुरक्षित र असुरक्षितको कुरा आफै बुझ्नुहोस् ।’

यस ठाउँमा कुनै पनि बंकर नरहेको र आर्मीहरू त्यहाँभन्दा गाजा र लेबनानसहित मुख्यमुख्य सहरमा केन्द्रित रहेकाले आफूहरू यहाँ असुरक्षित रहेको भन्दै तत्काल उद्धार गर्न उनीहरूले माग गरेका छन् ।

‘हामीले हामी रहेको ठाउँमा रहेका इजरायली व्यक्तिसँग यहाँ आक्रमण हुँदा के गर्ने भनेर प्रश्न सोधेका थियौं,’ उनले इजरायलीको भनाइ उद्धृत गर्दै भने, ‘तिमीहरू अहिले अलुमिनियमको कोठामा छौं, यहाँ बंकर छैन, जमिनबाट आक्रमण भयो भने हामी ३०÷४० जना जति यहाँको सुरक्षाका लागि बसेका छौं, आफ्नो देश हो हाम्रो यो, हामी ज्यानको प्रवाह नगरी लड्नेछौं, ज्यान जाओस् हामी उनीहरूसँग लड्छौं ।’

सुरजले उनीहरूको भनाइ उद्धृत गर्दै भने, ‘अब आकाशको कुरा, तिमीहरू बसेको कोठाले हवाई आक्रमण रोक्दैन, यो अलुमिनियमको कोठा हो, त्यस्तो हुँदा सबै सँगै नबस्नुहोला, जति जना छौ बाहिर (ओपन स्पेस) मरुभूमिमा भाग्नुहोला, त्यस्तो हुँदा बाँच्ने सम्भावना रहन्छ, अब आफूमाथि तोप गोला पनि नपर्ने भनेको आफ्नो भाग्यको कुरा हो, भाग्यमा कहिलेसम्म लेखेको छ, त्यही हुने हो, सकेसम्म सँगै नबस्नु, बाहिर चारैतिर फिँजिएर मरभूमिमा भाग्नुहोला ।’

नेपाल सरकार र दूतावाससँगको कुराकानीबाट प्रस्ट के देखिन्छ भने यहाँ रहेका २ सयभन्दा बढी विद्यार्थीबाट केही २०–२५ जनालाई उद्धार गरेको जस्तो गर्ने, बाँकी रहेका विद्यार्थीलाई केही समयपछि लग्ने आश्वासनमा यहीँ छाड्न लागेको उनीहरूको बुझाइ रहेको छ ।

सुरजले भने, ‘यो घटना युक्रेन र रसियाबीचको युद्धका बेलामा पनि भएको देख्न सकिन्छ, यसबाट यो पुष्टि हुन्छ, अन्य विद्यार्थीहरू उद्धार हुनुअगाडि एफयू तथा टीयूले पनि विद्यार्थी गुमाउनुपर्ने हुन्छ, यस तरिकाले अगाडि बढिरहेको कुराकानी र छलफल हामीलाई मान्य हुँदैन ।’

सबै विद्यार्थीलाई एकैपटक उद्धार गर्ने प्रक्रिया अगाडि बढाउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् । आफूहरू नजिकै रहेको एक फर्ममा पनि ३० जनाभन्दा बढी नेपाली उद्धारको प्रतीक्षामा रहेको सुरजले बताए ।

युद्धका क्रममा बेपत्ता भएका विपीन जोशीको भने अझै स्थिति पत्ता नलागेको इजरायलमै रहेका रमेश जोशीले बताए । त्यहाँस्थित नेपाली दूतावासले पनि उनको स्थिति पत्ता लगाउन इजरायल सरकारसँग अनुरोध गरेको जनाएको छ । यद्यपि, ठूलो संख्यामा घाइतेहरू उपचाररत रहेकाले उनी जीवितै रहेको आशंका पनि गरिएको छ ।आजको राजधानी दैनिकमा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *