इजरायल-लेबनान हिंसा उग्र: हवाई आक्रमणपछि रकेट आक्रमण, सातको मृत्यु

इजरायलले लेबनानमा हवाई आक्रमण गरेपछि जवाफमा लेबनानबाट इजरायलमा रकेट प्रहार भएका छन्। गएको नोभेम्बरमा युद्धविराम लागू भएपछि यो सबैभन्दा ठूलो हिंसा मानिएको छ। इजरायली सेनाले दक्षिणी लेबनानमा इरान समर्थित राजनीतिक समूह हिज्बुल्लाहका सेन्टरलाई निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा एक बालकसहित सात जना मारिएका र ४० जना घाइते भएको जनाएको छ। लेबनानमा हिज्बुल्लाह र प्यालेस्टाइनी समूहसहित कयौँ सशस्त्र समूह सक्रिय छन्। हिज्बुल्लाहले आफू युद्धविराममा प्रतिवद्ध रहेको जवाफ दिएको छ।

EPIC EPIC EPIC

यसैबीच, लेबनानका राष्ट्रपति जोसेफ औनले दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणको निन्दा गर्नुभएको छ। लेबनानको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर इजरायलले युद्धविराम सम्झौताको उल्लङ्घन गरी द्वन्द्व निम्त्याएको आरोप लगाएको छ। राष्ट्रपति जोसेफले लेबनानको ‘राष्ट्रिय हित’ लाई जोगाउन संयमता अपनाउन आह्वान गर्नुभएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने भन्दै लेबनानमा गरिएका आक्रमणलाई उचित कदमका रूपमा बचाउ गरेका छन्। साथै, यदि लेबनानबाट थप आक्रमण भए इजरायलले अझ कडा प्रतिक्रिया जनाउने चेतावनी दिएका छन्।

अमेरिका र संयुक्त राष्ट्रसंघले यस घटनाले क्षेत्रीय तनाव बढ्न सक्ने भन्दै दुबै पक्षलाई तत्काल तनाव कम गर्न आग्रह गरेका छन्। यस्तै, युरोपेली संघले पनि हिंसा नियन्त्रण गर्न कूटनीतिक पहल आवश्यक रहेको बताएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च