इटली विश्व कपमा छनोट हुन सकेन, पोर्चुगल र नर्थ म्यासेडोनियामध्ये एक टिमले स्थान बनाउने

काठमाण्डाै – युरोपेली च्याम्पियन इटली आउँदो विश्व कप फुटबल खेल्न नपाउने भएको छ ।

विश्व कप छनोटको युरोपेली प्लेअफमा गएराति नर्थ म्यासेडोनियासँग पराजित भएसँगै इटलीले विश्व कप खेल्न नपाउने भएको हो । विश्व कपको आशा बाँकी राख्न इटलीले गएराति नर्थ म्यासेडोनियालाई हराउनै पर्ने थियो तर १–०  ले पराजित भयो ।

EPIC EPIC EPIC EPIC EPIC

नर्थ म्यासेडोनियाको लागि खेलको इन्जुरी समयको अन्तिम मिनेटमा ट्राजकोभ्स्कीले गोल गरे । इटलीले यसअघिको विश्व कप फुटबल पनि गुमाएको थियो । गएराति नै भएको अर्को खेलमा टर्कीलाई ३–१ गोलले हराउँदै पोर्चुगलले भने विश्व कप छनोटको सम्भावना बलियो बनाएको छ ।

पोर्चुगलको लागि ओटाभिओ, जोता र नुन्सले गोल गरे । अब पोर्चुगल र नर्थ म्यासेडोनियाबीच आउँदो मङ्गलवार हुने खेलको विजेताले विश्व कपमा स्थान बनाउनेछ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *