इन्टरलाई एक अंकले पछि पार्दै नापोलीले जित्यो सिरी ’ए’को उपाधि

काठमाडौं। साविक विजेता इन्टर मिलानलाई एक अंकले पछि पार्दै नापोलीले इटालियन सिरी ’ए’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नापोलीले शुक्रबार राति काग्लियारीलाई २–० ले पराजित गर्दै सेरी ’ए’ फुटबल लिगको उपाधि आफ्नो नाममा पारेको हो । स्कट म्याकटोमिने र रोमेलु लुकाकुको गोलले घरेलु मैदानमा नापोलीलाई विजयी बनायो ।

EPIC EPIC EPIC EPIC EPIC

यससँगै नापोलीले तीन वर्षमा दोस्रो पटक तथा समग्रमा चौथो इटालियन लिगको उपाधि जितेको हो । उपाधिका लागि प्रमुख प्रतिद्वन्द्वी इन्टर मिलानले पनि कोमोलाई २–० ले हरायो । यसका बाबजुद इन्टर एक अंकले पछि परेको छ ।

नापोलीले उपाधि जितेपछि नेपाली समयअनुसार शनिबार बिहान डिएगो आर्मान्डो म्याराडोना रंगशाला धुवाँ, फ्लेयर र आतिशबाजीले उज्यालिएको थियो ।

नेपल्स शहरभरि विजयको खुसियाली छाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *