इण्डियन आइडल सिजन १२ का चर्चित गायक पवनदीप राजन सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ र हाल उनी अस्पतालमा उपचाररत छन्।
स्रोतका अनुसार, सोमबार विहान करिब ३:४० बजे भारतको अहमदाबादस्थित राष्ट्रिय राजमार्गमा उनको सवारी दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक भइसकेको छैन। दुर्घटनाका बेला गाडीमा अन्य कोही थिए वा थिएनन् भन्ने विषयमा समेत स्पष्ट जानकारी आएको छैन।
सोशल मिडियामा सार्वजनिक भएको अस्पतालको एउटा भिडियोमार्फत पवनदीपको दुर्घटनाको खबर सार्वजनिकमा आएको हो। हाल उनलाई अस्पतालमा राखेर उपचार भइरेको छ भने प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।
अहिलेसम्मको अवस्थालाई ध्यान दिँदा दुर्घटना निकै गम्भीर रहेको अनुमान गरिएको छ। घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ।