इन्तजार-(कथा)

1681476132757

सुमन लेप्चा वाङचु

मेची राजमार्ग नजिकबाट दगुरेको छ, भित्तामा तामाकोट डाँडा टासिँएको छ, छेउबाट हडिया खोला सललल बगी रहेको छ । यसो पुर्व–दक्षिण हेर्दा गैरिगाउँमा जगनाथले रोपेको सब्जी खेती देखि बर्ने चियाकमान हुदैँ त्यो समुन्द्री तट हो भन्ने अनुमान गर्न सक्ने ठाउँ बोकेको धारागोला भन्ने गाउँ छ । सम्पूर्ण जातीहरुको बसोबास भएको यस गाउँमा भर्खरै बामे सर्दै गरेको पर्यटकीय स्थल भ्यूटावरको निर्माण कार्य भई रहेको छ ।

EPIC EPIC EPIC EPIC EPIC


हरेक दृष्टिकोणबाट सुगम भएता पनि विकासका कामदेखि ओझेल भएको कारण दुर्गम क्षेत्रझैँ बनेर बसेको यस ठाउँले थोरै भए पनि अहिले राहत पाएको छ । अझैपनि यस गाउँमा पहिचान नभएका तर सम्भावना बोकेका पर्यटकीय क्षेत्रहरु धेरै छन्, जसले कोहि कसैको आगमनको प्रतिक्षामा बसेको आभास दिलाउँछ ।

प्राकृतिक रुपमा निकै सुन्दर यस गाउँमा सिनोरा राईको घर छ । यसपाली एस।एल।सी परिक्षा दिनुको निमिक्त कम्मर कसेर पढ्दैछिन । सिनोरालाई नजर लगाउनेहरुले मनमनै सोच्दै आफै बोल्ने गर्छन्, यी चेलीको सृष्टि गर्दा बुवाआमाले निकै मेहनत गरेको देखिन्छ । हेर्दा कलोकल्पित स्वर्गकी परीजस्तै नदेखिएता पनि जो कोहिको नजर उनीमाथि परेपछि हत्तपत्त हटाउन मान्दैनन् । सिनोराको मुहारभित्र मान्छेलाई मोहित बनाउने सक्ने खुबीहरु प्रशस्तै भेटिन्छन ।

सिनोरा राई मान बहादूर राईकी जेठि छारी थिइन । मान बहादूर नेपाल प्रहरीको जागिरबाट अवकाश पाएर गाउँघरमा समाजसेवा गर्दै बाँकी जीवन बिताई रहेका छन् । राईको जम्मा २ जना छोरी थिए । राईलाई आफ्नो पत्नी शैलजा कुमारीले १ जना छोरा त बनाउनु पर्छ, वंश मासिन्छु भन्दै पाको उमेरमा पनि गर्भवती हुने ईच्छा व्यक्त गर्थिन ।

त्योबेला राईले आफ्नो पत्नीलाई सम्झाउदै भन्थ्यो, छोरा–छोरी समान हुन । हामीले मान्ने संस्कार नै त्यस्तो बनाएको छ, हाम्रो विवाह भएपछि तिमीले मेरो थर राखे जस्तै मैले तिम्रो थर लेख्ने संस्कारको विकास भएको भए हाम्रो वंश मासिन्थ्यो र।।।रु

तिमीले यस्तो कुरा अहिले गर्ने थिएनौरु यो सब कुरा छोडिदेउ, हाम्रो सन्तानहरुलाई राम्रो शिक्षा–दिक्षा दिनुपर्छ ताकी पछि हाम्रो सन्तानले बाँच्नुको लागि आफ्नो पतिको भर लिनु नपरोस् । आफैमा आत्मनिर्भर बनोस् । यति भए पुग्छ बुढि, कि कसोरु प्रतिउत्तरमा सैलजाले शीर मात्रै हल्लाएर सहमति दिईन् ।मौसम परिवर्तन हुने समय, माघको जाडोले कक्रिएको मानव शरिरलाई चैतको धुलो मिश्रित हावाले गाउँका सबैलाई ग्रसित बनाएको थियो । सबैजना घर भित्रै लुकी बस्थे ।


यस्तो अवस्थामा पनि मनीता, सुलिना, भविष्य, रोजाङ्ग र सिनोरा भने हातमा कापी किताब बोकेर बाहिर निस्किन्थे ।
उनीहरुको एलएलसी परिक्षा हुने मिति नजिकिदैँ थियो । अहिलेसम्म यस गाउँबाट कोहि कसैले यो परिक्षा लेखेको थिएन । यो गाउँको निम्ति यो एक विश्व रेकर्ड जस्तै थियो । यस गाउँबाट यसपाली ५ जनाले सो परिक्षा लेख्दैथियो ।
परिक्षा लेख्नेहरुमा बिरे गुरुङ्गकी छोरी मनिता गुरुङ्ग, दामबहादूर लिम्बुको छोरा रोजाङ्ग लिम्बु, धनकुमार विश्वकर्माकी छोरी सुलिना, शुक्रराज दाहालकोे छोरा भविष्य र सिनोरा थिएँ । यिनीहरुले बुद्ध आदर्श मावि बुधबारेमा अध्ययन गरेका हुन् । यो विद्यालय आफ्ना घर देखि ८ किमि टाढा छ।

वैशाख नयाँ बर्षको सुरुवातको महिना । यो महिनाको पहिलो दिन नयाँ वर्षलाई स्वागत गर्न प्राय सबै मान्छेहरु नयाँ ठाउँ घुम्ने, घरमा मिठो मसिनो पकाएर खाने, अफान्तहरुसँग भेटघाट गर्ने, छरछिमेकी मिलेर नाचगान गर्दै मनाउने गर्छन् ।
यो दिन खुशीको साथ दिन बित्यो भने बर्षभर खुशीयली हुने, दुखी भए बर्षभर दुखि भएर बस्नु पर्ने किम्वदन्ती छ । त्यसैले होला यो दिन मान्छेहरुको चहलपहल धेरै हुन्छ, सबै दुखहरु बिर्सिएर मान्छेहरु रमाउन खोज्छन ।

सिनोरा पनि भर्खरै एलएलसीको परिक्षा दिएर बसेकी आज उ रोजाङ्गसँग भेटेर यो दिनलाई बिशेष दिन बनाउने सोचमा हुन्छे ।
रोजाङ्ग को होला भन्ने लाग्ला फेरि। रोजाङ्ग सिनोराकै गाउँको केटा हो तर उसको भने मनको राजकुमार। दुवैजनाले एकार्कामा मन साटासाट गरेका हुन्छन । तर कहिले पनि दुवैजनाले एकार्कामा आफ्नो मनको पोको फुकाउने हिम्मत गर्दैन ।

प्राय जसो दुवै जना एकान्तमा भेटघाट गर्छन्, भेटमा समाजिक दुरि कायम गर्दै एकार्कामा हेराहेर गरेर समय बिताउने गर्छन।
यसरी हेराहेर गरेर समयले डाँडा काटेको थाहा नै पाउदैनन् । भेट हुदाँ मन्द मुस्कान, एकोहोरो आँखा जुधाई।।।, देख्नेले सोच्छन, दुवै जना बोली नभएका अपाङ्ग हुन् । भेट भएपछि बस्ने ठाउँलाई सफा गरि दिदैँ हातको इसाराले देखाउदै “तिमी यहाँ बस नरु म त्यहाँ बस्छु ।” घर फर्किने बेलामा “समय बितेको थाहै भएन, म गएँ ल” ।
बस् यति छ एकोहोरो संम्वाद । अपाङ्ग होइन भन्ने बुझाई यहि एकोहोरो आवाजले पुष्टी गर्छ । नत्र आँखा जुदाएर नै दिनरात बितेको अत्तोपत्तो हुदैन यी जोडीलाई ।

जेठको गर्मीमा मिस्सिएर सिनोराको विवाहको हल्ला चल्छ । जेठ २१ गते सिनोराको विवाह पोखराको लाहुरे समुदायका छवि भएका आशिष गुरुङ्गसँग हुने दिनको छिनोफानो भयो । यो आकस्मिक भएको घटनाहरुले सिनोराको हृदय पोलिरहेको छ, आँखामा आई रहने रोजाङ्गको हँसिलो मुहारले सताई रहेको छ । आफ्नो पहिलो प्रेमलाई सम्झिन्दै रुई रहेकीे छिन् । के गर्ने के नगर्ने, सोच्न सकिरहेको छैन । समय र परिस्थितिले चारैतिर आफ्नो पहिलो प्रेमलाई घेरेको छ । आँफैले प्रस्ताव राखुँ, आँट छैन । नराखुँ सधैको लागी गुमाउने डर छ । फेरि आँफुलाई माया गरेको महसुस गराउने तर प्रस्ताव उसले राख्दा पनि हुने एकै पटकमा स्वीकार गर्ने थिएँ भनेर सोचिरहन्छिन सिनोरा।

यो अवस्थामा आफुलाई माया गर्ने मान्छेको अत्तोपत्तो छैन । विवाह भएर पतिको घर जाने दिन पनि नजिकिदै थियो । हिम्मत गरेर एकचोटी आफ्नो मनको कुरा सुनाउने आँट गर्छिन ।जेठ महिनाको दिन पहाडको फेद, मधेशको टुप्पो भएर होला, बादल रिसाएर सुर्यको प्रकाशलाई धर्तीमा आउन दिएको थिएन । सिनोरा कसैले थाहा पाउँछ कि भनेर सर्तक हुदैँ सुङ्गुरलाई चारो ल्याउने बाहना बनाएर आफ्नोे मनभित्र सजाएर राखेको रोजाङ्गलाई भेट्न हडिया खोला पुग्ने ओरालो बाटोतिर हतार हतार गर्दै दौडिन्छिन ।

रोजाङ्ग १
जीवनमा पहिलो पटक सम्बोधन गर्ने आँट गरेर बोलाईन । आईपुग्यौ सिनोरा खोलामा बगेको पानीलाई हेर्दै रोजाङ्गले सोध्छ ।

उम रोजाङ्ग बसेको ढुङ्गासँग जोडिएर बसेको अर्को ढुङ्गा माथि बस्दै सिनोराले उत्तर फर्काइन । फेरि दोहोरो सम्वाद रोकियो । खोलाको आवाज र चराचुरुङ्गीको आवाज आइरहेपनि सन्नाटा छाँउछ। मौन अवधिलाई तोडदै रोजाङ्ग बोल्छ, ुबधाई छ है सिनोरा , बधाई किन, तपाईलाई मेरो विवाहको खबर सुन्दा केहि भएनरुु रोजाङ्गको कुराको प्रत्योत्तरमा सिनोरा बोल्छिन् ।

के भन्छौ, मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छभन्ने गीत मेरो लागि मात्रै बनेको जस्तो लाग्छ । हाँस्दै रोजाङ्गले उत्तर दिन्छ ।
रोजाङ्गको उत्तर सुनेपछि आफुप्रति मजाक गरेको सम्झिएर सिनोरा बोल्छिन् । तपाई जीवनमा कहिले सिरियस बन्नु सक्नु भएनरु हुन त हामी बीचमा त्यस्तो के नै सम्बन्ध छ ररु हामी त एक मिल्ने साथी हौ । मेरो जेसुकै होस् न, तपाईलाई के फरक पर्छ ररु म नै रहेछु अनेकथोक सोच्नेरु अब अरु के भन्नु, जेठ २१ गते मेरो विवाहमा भोज खानु आउनु होलारु म घर गएको।।। बसिरहेको ढुङ्गाबाट जुरुक्कै उठ्छिन् । ९एकचोटि मनको कुरा सुनाउँछु, रोजाङ्गले पनि मलाई माया गरेको होभने जस्तैसुकै पीडा कष्ट भए पनि भागेर विवाह गर्छु आदि सोच बनाएर आएकी सिनोरा० आँखाभरि आँसु बोकेर मन नमानी नमानी पाखाबारीमा रोपेको माने काट्न जान्छिन् ।


सिनोरा १ रोजाङ्गको बोली थियो । हामी साथसाथमा हुर्कियौ, पढ्यौ, समय तीव्र गतिमा कुदेर होला, विवाह गर्ने उमेर भएको पनि अत्तोपत्तो भएन । अहिले म मौन बस्नु बाहेक अरु केहि गर्न सक्दिनरु यदि लेखान्तमा कहिँ कतै हामी बीचको सम्बन्ध बारेमा लेखिएको छभने फेरि हाम्रो भेट हुनेछ।।।। रोजाङ्गको कुरा सुन्नुलाई अडिएको सिनोराको चरणयास पुनः चल्न थाल्छ ।

“सिनोरा”
“हेल्लो” कानमा हेडफोन लगाउँदै अल्छि लाग्दो स्वरमा सिनोरा बोल्छिन् ।
माईत घर कहिले आउछेस्रु ९आफुले गरेको प्रश्नको उत्तरको अपेक्षा नगरि० माघ २४ गते मेरो विवाह हुदैछ । सबैभन्दा पहिला तँलाई निम्तो गरेको छु । आइज निरु सिनोराको गाउँकै मिल्ने साथी मनिता गुरुङ्गले आफ्नो विवाहको निम्तो दिनुलाई फोन गरेको थिईन् ।


सिनोराले विवाह गरेर घरजम बसाएको पनि ६ बर्ष बिति सकेछ । छोरा नै ४ बर्षको भैसकेछ । माइत घर टाढा भएकोले गर्दा २÷३ बर्षमा आउने जाने गर्थिन् । सिनोराको वैवाहिक जिन्दगी मज्जाले बिति रहेको थियो । श्रीमान ईण्डियन आर्मीमा आबाद्ध भएकोले आर्थिक रुपमा पनि मजबुत थियो । परिवार नै लाहुरे समुदाय भएकोले कुनै कुरामा कमि थिएन । सिनोरा एक कुशल गृहिणी भएर समय व्यतित गरि रहेकी थियिन् । आर्थिक दुख कष्ट कस्तो हुन्छ, यस बिषयमा अहिलेसम्म अनभिज्ञ छिन् । गाउँकै मिल्ने साथीको विवाह हुने खबर सुनेपछि सिनोरा खुशी हुन्छे, भेटेर कतिखेर बधाई दिउँ जस्तो व्यवहार देखाउथिन् । कहिले माघ २४ गते हुन्छ, मिले त अहिले नै माघ २४ गते भई दिए हुन्थ्यो भन्ने कल्पना गर्छिन् । मनितासँग नभेटेको पनि ३ बर्ष भैसकेको थियो ।
––––––––––––

गाउँभरि सुन्निने गरि गीत बजी रहेको छ । आज बिरे गुरुङ्गको घरमा छोरी मनिताको विवाह हुने दिन । बिरे गुरुङ्ग सोझो, ईमान्दार, सहयोगी थिएँ । बिरे गुरुङ्गले घरमा आएको प्रत्येक निमन्त्रणलाई स्वीकार गरेर निम्तो पाएको स्थानमा पुगी आफुले सक्दो सहयोग गरेर फर्किथ्यो । आज आफ्नो छोरीको विवाह, धेरैलाई निम्तो दिएको थियो । निम्तो दिएका सबै नआउने हो कि, निम्तो दिएकाहरुको अड्कल गरेर त्यसै अनुरुपको भोजभातेर तयार गरेको थियो । कतै बिग्रीने हो कि भनेर डर मानी रहेको थियो । आफुले निम्तो दिए जति सबै निम्तालु आएको देखेर बिरे एकदम हर्षित छ । विवाह घरको आँगनमा टेक्ने ठाउँ छैन । आफन्त, ईष्टमित्र, गाउँभरिको छिमेकिहरुले आँगन नै डाकेको छ । कर्म अनुसारको फल पायिन्छभन्ने कुरा बिरेको छोरी मनिताको विवाहमा निम्तालुहरुको आगमन देखेर प्रष्ट हुदैछभन्ने कुरा छिमेकिहरु बीच हुदैथियो ।

विवाहमा बजेको गीतले रोजाङ्गको निन्द्रा भङ्ग गरिदिन्छ । रोजाङ्ग वैदेशिक रोजगार कोरिया देखि घर आएको १५ दिन जति हुदैछ । रोजाङ्गको घर र विवाह घर आमुने सामुने थियो । रोजाङ्गको घरबाट विवाहमा को आयो को गयो, के हुदैछ, प्रष्ट देखिन्थ्यो । रोजाङ्गको आमाबुवा, भाई, बैनी सबै विवाह घरमा काम सघाउन गएको थियो । रोजाङ्ग मात्रै घरमा एक्लै थिएँ । हिजो बेलुका बेहुलीको घरमा नाचगान गर्ने कार्यक्रममा गएको छु, फेरि घरको सबै जना सघाउन गएको छ, म नजादा केहि हुन्नभन्ने सोचेर विवाह घर नजाने निधो गरेर सुति रहेको थियो, झ्यालबाट विवाह घरमा जाने आउनेको गतिविधि हेर्दै । एक्कासी विवाह घरमा आउने हुलहरुभित्र एक परिचित अनुहार देखेपछि सुतिरहेको रोजाङ्ग जुरुक्क उठ्दै झ्यालबाट टाउको निकालेर ठुलो स्वरमा बोलाउँछ “सिनोरा” ।


सिनोरा फर्किएर रोजाङ्गको घरमा हेर्छ । झ्यालमा उनीलाई हेरेर बसेको रोजाङ्गलाई देखेर मुसुक्क मुस्कुराउँछ । रोजाङ्गले हातको ईशाराले आफ्नो घरमा बोलाउँछ । सिनोराले पनि एकछिन् पछि आउने हातबाट ईशाराले जवाफ दिन्छिन् ।
रोजाङ्गको मनभित्र बादल लाग्छ, मनभित्र उत्पन्न भएको बादलले उडाएर कहाँ कहाँ पुराउँछ । आँखा अगाडि साथमा बिताएका ती पलहरु नाच्न थाल्छ । यतिका बर्ष पछि प्रत्यक्ष देखेको, शरिर नै जिरिङ्ग भएको महसुस गर्छ । यहाँ घरमा आयोभने के भन्ने, के बोल्ने, के खानु दिने, सोच्न सकि रहेको छैन ।


“काका, रोजाङ्ग काका” तल्लो घरे काइला दाईको कान्छा छोरा आदेश थियो । आदेशले हातमा एउटा कागजको टुक्रा बोकेको थियो । आफुले बोकेको कागज रोजाङ्गलाई दिदैँ, माने बाजेकी छोरीले तपाईलाई दिनु भन्दै दिएको कागज, लु लिनु काका । रोजाङ्गले आदेशको हातबाट कागज टुक्रा लिन्छ । रोजाङ्गको हातमा कागजको टुक्रा दिनु बितिक्कै आदेश विवाह घरतिर कुदेर जान्छ । आदेशले दिएको कागजको टुक्रा खोल्दै कागजको टुक्रामा कोरिएको शब्दहरुलाई रोजाङ्गले पढ्न थाल्छ ।

मेरो नहुन सकेको मान्छे १
आज तपाईको आवाज सुन्दा गहिरो निन्द्राबाट बिम्झिँएको जस्तो लाग्यो । तपाईसँग प्रत्यक्ष भेटेर नजर जुदाएर गफ गर्न औधी चाह छ । आज मिल्ने साथीको विवाह हो, निस्किनु मिल्दैन । फेरि मनिताले मलाई पुराउन उता बेहुलाको घर खानेपोखरी जानुपर्छ भन्दैछिन्, म त्यता जान्छु आज उतै बस्छु । बुरु समय मिल्छभने भोलि घर बाहिर दमकतिर भेट्नु पर्छ । मेरो नम्बर ।।।।।।। हो, कल गरेर आउनु होला, तपाईसँग कुरा गर्नु धेरै छ, भेटमा गरौँला ।

– सिनोरा ।
–––––––

हेलो सिनोरा, म रोजाङ्ग । अतालिएको स्वरमा रोजाङ्ग बोल्यो ।

चिनेँ हौ, किन अतालिनु भएकोरु म सँजाय सुनाउने अदालतको जर्ज होइन । भन्नु तपाई कहाँ हुनुहुन्छरु कहाँ भेट्नेरु हाँसेर सिनोराले जवाफ फर्काइन् ।

म दमक आई पुगेँ । यो शहर त म धेरै बर्ष अघि आएको थिएँ । कता घुम्ने ठाउँ छ, कता खाने ठाउँ छ मलाई केहि थाहा छैन । फेरि दमक भनेको तिम्रो मवाली गाउँ पनि हो । बाहिर मसँग बसेर गफ गर्दा फेरि तिमीलाई के सोच्ने होरु के पो गर्नेरु तिमी आफै लोकेसन भन नरु रोजाङ्गले जिन्दगीमा पहिले पटक सिरियस भएर जवाफ फर्काएको थियो ।

रोजाङ्गको कुरा सुनेपछि सिनोराले सल्लाह दिदै भनिन् । म आउन अलिक समय लाग्ला जस्तो छ । यहाँबाट हामीलाई पुराउन गाडी पठाउने भन्दैछ । म दमकमा केहि काम छभनेर गाडीबाट झर्छु । तपाई ९धेरै बर्ष अघि भेटेको रेष्टुरेन्टको नाम सम्झिन्दै० त्यो रेष्टुरेन्टमा बस्दै गर्नु । तपाईलाई थकान लागेको होला, म त्यहि आउनेछु । रोजाङ्गले प्रतिउत्तरमा हुन्छ मात्रै भन्यो ।

बाग्लो दुध, चिनी धेरै लगाएर बनाएको चिया भनेपछि रोजाङ्ग हुरुक्कै हुन्थ्यो । आफुलाई मन पर्ने चिया पिएको ५ कप जति भयो । जिन्दगीमा पहिलो पटक रोजाङ्गलाई यसरी पकाएको चिया पनि तितो लाग्न थालेको थियो । स्वाद तितो भएपनि अन्तिम पटक एककप चिया पिउनु प¥योभन्ने सोचेर रेन्टुरेन्टको वेटरलाई भाई एक कप दुध–चिया, अघि ल्याए जस्तै ल्याई देउ नरु
भाई मलाई पनि एक कप चिया है उहाँले मगाएको जस्तै । सिनोराको बोली थियो ९रोजाङ्गलाई हातको ईशाराले देखाउदै वेटर भाईलाई भन्छिन्० । बोली आएतिर रोजाङ्गले नजर लगायो । सिनोरा मुस्कुराउँदै रोजाङ्ग भएतिर आउँदै थियिन्, रोजाङ्ग बसेको सिट नजिक आएर सिनोरा बसिन् । यहि नै पहिलो पटक हो एकै लहरमा यति नजिक आमानेसमाने भएर रोजाङ्ग–सिनोरा बसेको ।

रोजाङ्ग, मैले तपाईलाई पर्खाए है । रिसाउनु भयो होला, क्षमा पाउँ । त्यस्तै स्थितिको सृजना भयो, मलाई त कतिखेर तपाईलाई भेटौँभन्ने लागेको थियो नि तर मन भएर मात्रै हुदैन रहेछ । मलिन स्वरमा सिनोराले भनिन् ।

ठिकै छ सिनोरा, म रिसाएको छैन । म पनि भर्खरै आएको त हो । त्यस्तै योसँग ६ कप चिया पिएको हुन्छ होला । हाँस्दै रोजाङ्ग बोल्छ ।

रोजाङ्गको हाँसोमा हाँसो मिलाउदै सिनोरा बोल्छिन् “तपाईको मजाक गर्ने बानी कहिले गएन है”

हाम्रो भेटघाट नभएको पनि ६ बर्ष पुरा भएर ७ बर्षमा टेकेछरु अहिलेसम्म के कस्तो उन्नति प्रगति ग¥यौ सिनोरा तिमीले, रोजाङ्गले अलिक विचारणीय भएर सोध्छ ।

उन्नति र प्रगतिको नाममा एउटा छोरा छ । अरु त्यस्तै हो बुरु तपाईको सुनाउनु नरु सुनेको विवाह पनि गर्नु भएको छैनौ रहेछरु कि मलाई पर्खिएर बसेको होरु म त अहिले पनि तपाईसँग विवाह गर्न रेडि छु हैरु सिनोराले पहिलो पटक मजाक गरेर बोलेकि थियिन ।

खोई तिमीलाई पर्खेर बसेको जस्तो भएको छ । मेरो भाग्यमा तिमी बाहेक अरु स्त्री नै, भाग्यदाताले लेखिदिन भुले जस्तो छ ९भावुक हुदैँ रोजाङ्ग निरन्तर बोल्छ० यतिका बर्ष तिमीलाई नभेट्दा, नदेख्दा महसुस भयो, मैले जीवनमा धेरै भुल गरेको थिएछु । जब कि तिमीले मलाई अन्तिम पटक हडिया खोलामा भेट्न आउँदा, त्यहिबेला मैले यी सब कुरा भनेको भए आज तिमी मेरो साथमा हुन्थ्यौ । त्योबेला अपरिपक्व उमेर केहि सोच्न सकेको थियिन, अहिले धेरै पछुतो हुन्छ । जब तिमी टाढा हुदैँ गयौ, यी कुराहरु मनभित्र गाढा बन्दै गयो । जे हुनु भैगो, अब बिर्सिनु पर्छ भनेर हजार पटक हृदयलाई सम्झाएँ तर मनभित्र हैकम गरेर बसेको मान्छेलाई बाहिर निकाल्न नसकिदोँ रहेछ सिनोरा । आज भुतकालमा गरेको गल्तीको सजाँय अहिले पाई रहेको छु । सजाँय पाउन मान्छे नै कहाँ मर्नु पर्ने रहेछ र।।


रोजाङ्गको कुरा सुनेर अघि नै सिनोराले आँखा रसाई सकेकीे थियिन् । गहँभरी आँसु बनाउदैँ सिनोराले रुन्चे स्वरमा भन्छिन्, “यहाँ सबै कुराहरु परिवर्तनशील हुदोँ रहेछ सिवाय मान्छेको हृदय । यो हृदयलाई केहि गर्न नसकिने रहेछ । यो हृदयले अनेक सोचहरुको जन्म गरायो, नाश ग¥यो तर मैले पनि तपाईलाई कहाँ बिर्सिन सके र । तपाई नै मेरो पहिलो माया हो, चोखो माया हो । मैले तपाईलाई अन्तिम समयसम्म पर्खिएको बसेको थिएँ, माया गरेको होभने केहि त गर्नु हुन्छ भनेर तर तपाई बेखबर बन्नु भयो । म धेरै रुएँ, मेरो हृदय यहिँ छोडेर शरिर मात्रै लिएर बिरानो ठाउँ पुगेँ ।
–––

सिनोरा माइत घर आएकीे पनि ६ महिना बिति सकेछ । यति लामो समयसम्म माइतीघर बसेको देखेर छिमेकिहरुले सिनोराको घरजम भत्किएको अड्कल गर्न थालि सकेको थियो । घरका अभिभावकले पनि शंका गर्न थाली सकेको थियो कि, कतै ज्वाँईसँगको सम्बन्ध त बिग्रेको छैनरु विवाह गरेर गएकी छोरीलाई धेरै समय माइतीघर बस्नु हुदैँन, छिमेकिहरुले कुरा काट्छन् । ज्वाई कामको शिलशिलामा प्रदेशमा भएपनि आफ्नो घर सँगाल्नु पर्छ आदिभन्दै सिनोरालाई सम्झाएर ज्वाईको घर पठाउनुको लागि आमा सैलजाले कोशेलीका समानहरु प्याक गरिदिदै थियिन ।


अभिभावक, छिमेकिलाई के थाहा यतिका लामो समयसम्म रोजाङ्गको कारणले सिनोरा माईतीघर बसेकी हुन्भन्ने । सिनोरालाई पहिलो पटक आफ्नो विवाहमा बिधाई भएर घर, गाउँ परिवार, ईष्टमित्र छोड्नु पर्दा दुखि भएकि थियिन्, त्यसरी नै दुखी भएकी यो दोस्रो पटक हो । सिनोरा मनमनै सोच्न थाल्छिन्, कसरी छोडेर जानु आफुलाईभन्दा धेरै माया गरेको मान्छेलाई । हिजो उसले गरेको कारणले आज यो दिन भोग्न परेको हो । रिस उठ्छ नि तर त्योबेला म पनि कस्तोरु जे भन्नु गएको थिएँ, त्यहि कुरा नगरि फर्किएँ, सुनाएको भए कतै रोजाङ्गको मन परिवर्तन हुन्थ्यो कि ।


सिनोरा र रोजाङ्ग बीचको बेनामे सम्बन्धले आज चोखो मायाको नाम पाएको छ । उनीहरुको मायाले शरिर देखि यात्रा तयार गर्दै सात जन्मसम्मको गन्तव्यमा साथसाथै यात्री बनेर यात्रा गर्ने सपनाहरु बुन्न थालि सकेकोछ । उनीहरु बीचको प्रगाढ मायाको सम्बन्धले शरिरिक सम्बन्ध पनि स्थापित गरि सकेको थियो । यस्तो सम्बन्ध बनेपछि रोजाङ्गले सिनोरालाई प्रश्न गर्छ, तिमी विवाहित हौँ, मसँग यसरी शरिरिक सम्बन्ध राखेपछि तिमीलाई केहि गल्ती गरेजस्तो महसुस हुदैनरु रोजाङ्गको प्रश्नको उत्तरमा सिनोरा भन्छिन्–मलाई तपाईसँग यस्तो सम्बन्ध भएकोमा रतिभर पछुतो छैन, र मलाई अलिकति पनि गल्ती गरेको जस्तो लाग्दैन । मैले यसो भन्दा मलाई समाजले घृणा गर्छभने गरोस्, परिवारको ईज्जत माटोमा मिल्छभने मिलोस् । किनकि मैले तपाईसँग चोखो माया गाँसेको छु । आफुले माया गरेको मान्छेसँगको सम्बन्धलाई अप्राकृतिक मान्छन्भने म के गरुँरु सोच्छु, एकार्कामा माया, फिलिङ्ग भएपछि जस्तै नराम्रो गतिविधि गरेपनि राम्रो नै गरेको छुजस्तो लाग्दो रहेछ । मैले सुनेको, जुन जोडीले शरिरिक सम्बन्ध राखेपछि पश्यातापको महसुस गर्छ, हो त्यसमा चै माया हुन्न भन्छन्रु जोसँग आफ्नो सबै लुटिदाँ पनि आफु सुरक्षित नै छुभन्ने महसुस हुन्छ, यसैमा अन्धो माया बसेको हुदोँ रहेछ । म यहि अन्धो माया तपाईलाई गर्छु।।। । बरु मेरो श्रीमान्सँग सम्बन्ध राख्दा चैँ त्यस्तो फिल आएको थियो, त्योबेला तपाईलाई सम्झेर रुएको थिएँ ।


“सिनोरा” आमा सैलजाले बोलाएकी थियिन । आमाको बोलीले सिनोरा झसङ्ग भयिन । आमा भान्सा घरमा जुठो भाँडा उठाउँदै बोल्छिन्, समान सबै रेडी भयो । बिर्तामोड सम्म दामबहादुरको छोरा रोजाङ्गलाई मोटरसाइकलमा पुराई दिनु भनेको छु । त्यो केटो आउँदै होला । तँ पनि छिेटो तयार भएर निस्कि ।
¬¬–––

लाली गुराँस रेष्टुरेन्ट, जो बस स्टेण्ड अगाडी छ । जहाँ यी जोडी, न्यास्रो अनुहार बनाएर एकार्कालाई हेर्दै बसि रहेको छ । पोखरा जाने बसको टिकट बेलुका ५ बजेको काटेको छ, ५ बज्न अझै ३ घण्टा जति बाँकी थियो ।
“सिनोरा”
“हजुर”
आँखाभरि आँसु बनाउदै रोजाङ्ग बोल्छ, के तिमी मलाई छोडेर जानेरु के हामी अब एक हुन कहिले सक्दैनौरु के तिमीले मेरो लागि आफ्नो सम्बन्ध तोड्न सक्दैनौरु कृपाया मलाई दया गरेर भनरु म गुमाउन चहान्न । तिमीलाई एकचोटी गुमाई सकेको छु, जसको कारण धेरै मानसिक पिडा पाएको छु, छटपट्टिमा धेरै रातहरु बिताई सकेको छु ।

रोजाङ्गको कुरा सुनेर सिनोराले प्रतिउत्तर दिन्छिन्, मायामा अन्धो, जिम्मेवारीले लगडो बनाएको मान्छे हुँरु मायाको पक्षमा निर्णय गरुम कि जिम्मेवारीको पक्षमा, यति खेर बाटो बिर्सिएको यात्री जस्तै भएको छु । यो अवस्थामा तपाईलाई म के जवाफ दिनुरु मेरो मगज नै खाली छ, म केहि सोच्न सकि रहेको छैन । मलाई यति थाहा छ, म तपाई दोबारा गुमाउनु चहान्न।।। ।
सिनोराको मोबाइलमा रिङ्ग बज्छ । सिनोराले ब्यागबाट फोन निकाल्छे, हेर्छे त्यतिकै राख्छिन् । फेरि फोनको रिङ्ग बज्छ, त्यसै गर्छिन् । रोजाङ्गले कसले गरेको हो, उठाई देउ भनेपछि मात्रै सिनोराले फोन उठाउछे । फोन सुलिना विश्वकर्माले गरेकी थियिन्, उनी सिनोरा र रोजाङ्गको कक्षा साथी थियिन् । एसएलसीको एकै ब्याजी पनि हो । सुलिनाले कानून बिषयमा स्नातक सम्म पढेकी थियिन् । सुलिना आफ्नो समुदाय र महिलाहरुलाई गरिएको हिंसा, दमन, अन्याय, अत्याचारको विरुद्धमा खुलेर लड्ने गर्थिन् । सुलिनाले आफु सामाजिक अभियन्ता होभन्ने परिचय बनाई सकेकी थियिन् ।

हेल्लो सुलिना, कताबाट मेरो याद आयोरु सिनोराको प्रश्न यियो ।
माइत घर आएर यत्रो महिना बस्दा पनि एकदिन मलाई सम्झिनस् । उल्टै मलाई आरोप लगाउछेस्रु अरु छोड्दे कहिले घर फर्किन्छिेस् । सुलिनाको उत्तर थियो ।

मेरो अहिले ५ बजेको टिकट छ, आज फर्किनु लागेको, तँलाई भेट्न मन थियो, काठमाण्डौँतिर रहेछेस्, त्यहि भएर तँलाई किन दुःख दिनु भनेर कल नगरेको निरु ९रोजाङ्गतिर हेर्दै सिनोरा पुनः बोल्छिन्० साथी तँलाई एउटा कुरा सोध्छु कि, मलाई सकारात्मक सुझाव दे हैरु

सिनोराको कुरा सुनेर प्रतिउत्तरमा सुलिना बोल्छिन् । भन न केटि, मैले जानेको बुझेका सल्लाह–सुझाव दिनेछु, फेरि मैले भनेको सबै कुराहरु सकारात्मक सुझाव हुन्छभन्ने छैन । मैले दिएको सुझावलाई तँ आफैले मनन गरेर लागु गर्नु पर्ने हुन्छ ।

हेर न, तँलाई थाहा छ, रोजाङ्ग मेरो पहिलो माया हो । बाल्यकाल देखिको निस्वार्थ, चोखो माया हो । हामीबीचमा एकार्काप्रति बुझाईको अभावले समय पाएर पनि सदुपयोग गर्न सकेनौरु अहिले परिस्थितिले हामीलाई धेरै पर छोडि सक्यो । मेरो विवाह भएर बच्चा पनि भैसकेको छ, सोचेको थिएँ अब हाम्रो भेट कहिले हुनेछैन । लेखान्तमा लेखिएको भाग्यरेखाहरुले ६ बर्ष पछि पुनः भेट गराएर अहिले हामी एक भएको छौ ।ञ यो अवस्थामा अब मैले के गर्नेरु के नगर्नेरु सोच्न सकेको छैनरु अब मैले कस्तो निर्णय गर्दा राम्रो हुन्छ,, कृपाया मलाई सुझाव दे नरु सिनोरा गहँभरि आँसु बनाएर रोजाङ्गलाई पुलुक्क पुलुक्क हेर्दै एक सासमा प्रश्न गरि सक्छे ।

बढो गम्भीर अवस्थामा पुगि सकेको रहेछिस् केटी, यो अवस्थामा तँलाई के सुझाव दिनु म नै अकमक्क परेँ । पहिलो कुरा मस्तिष्कको सुन्ने कि हृदयको भन्ने हुन्छ । हरेक कुराहरु मनबाट रहस्यमय ढङ्गले सुरु हुन्छ, यस कुराहरुको निर्णय मस्तिष्कले गर्दा जहिले नतिजा सकारात्मक हुन्छ । तर मायाको सवालमा भने फरक हुन्छ, संवेदनशील हुन्छ । किन कि यहाँ मनद्धारा निस्किएको प्रश्नहरुको उत्तर मनबाटै दिनु पर्ने हुन्छ । तेरो माया पनि मनबाट सुरु भएको हो । तेरो मायालाई मनले निर्णय गर्ने भएको छ कि छैनभन्ने कुराले निर्णय गर्ने सवालमा महत्वपूर्ण भुमिका खेलेको हुन्छ । यो सब भईरहदाँ पनि समाज, श्रीमान्, वर्तमानमा बिताएको सुखमयमा दिनचर्या, परिवारलाई अझै तेरो मनले प्राथमिकता दिई रहेको छभने या मैले यसो गर्दा मेरो परिवारलाई असर हुन्छ, फेरि मेरो अभिभावकले मलाई आफ्नो सन्तानको रुपमा स्वीकार गर्छ कि गर्दैनरु मैले दोस्रो विवाह गर्दा मेरो छोरा आमा बिनाको हुनेछरु मैले अर्को विवाह गर्दा मलाई यो समाजले के सोच्छ होेलारु अहिले भोग्दै गरेको मेरो खुशीयली दिनचर्या सबै तहसनहस हुन्छ।।।आदि सोचहरु तेरो मस्तिष्कमा घुमि रहेको छभने तैले गरेको मायाको निर्णय मनद्धारा गर्ने अवस्थामा पगि सकेको छैन । यदि तैले मनबाट निर्णय गर्ने भई सकेको थियिस्भने मलाई यो कुरा सोध्ने नै थियिनस् । जे हुन्छ–हुन्छ, आएको हरेक दुख, कष्ट, समस्या आदिसँग लडेर अघि बढ्नेछु, जस्तै आँधी हुरि आएपनि मेरो बाँकी जीवन उसैसित बिताउनेछु । भरसक श्रीमानलाई जानकारी गरेर सल्लाहसाथ सम्बन्धबिच्छेद गर्दै समाजले अस्वीकार गरेँपनि कानूनी रुपमा स्वीकार हुने बाटो बनाएर अगाडि बढ्नेछुभन्ने विचारहरुको सृजना गरेर कदम चलाई सकेको हुन्थिस्।।।। यस मतलब तैले आफ्नो मायालाई मनबाट उत्तर दिने भएकी छैनस्, जुन दिन हुनेछेस् आफै निर्णय गर्नेछेस् । मैले यति जानकारी गराई दिएँ, बाँकी जानकारी आफुले आफैमा खोज्नुरु कुरा यति हो केटि ९सुलिना हाँस्दै भन्छिन्० मस्तिष्कबाट गरेको निणर्यले माया–प्रेमलाई अक्सर घाइते बनाउनेछ । त्यहि हो, मनबाट निर्णय गरिस्भने रोजाङ्ग र तँलाई एकसाथ भेट्नेछु, मस्तिष्कबाट निर्णय गरिस्भने पोखरातिरै भेटौला । म अहिले अलिक बिजी भएँ, भराई भोलि बाँकी कुरा गरौँला । यति भनेर सुलिनाले फोन राखिन् ।

आमामामा।।। यति लामो के कुरा ग¥यौ हौँरु रोजाङ्गले अचम्म मान्दै प्रश्न गर्छ ।
रोजाङ्गको उत्तर नदिई, सिनोरा रोजाङ्गको अनुहारमा हेरि बस्छिन् । आफ्नो प्रश्नको उत्तर मौन देखेपछि रोजाङ्ग बोल्छ, सिनोरा बस छुट्ने बेला भयो । अब जाने त होला निरु म कहाँ रोक्न सक्छु ररु सिनोरा यति हो तिम्रो दिर्घकालिन रुपमा साथ पाउनु भनेको मेरो निम्ति सपना जस्तै बनेकोछ । हो मलाई थाहा छ, यो सपना कहिले बिपना हुनेछैन । यसरी कहिले पुरा नहुने सपना साँच्नु पागलपन होभने साँच्चै म तिम्रो प्रेममा पागल भएको रहेछु । तैपनि झिनो आशा छ, तिमी जादाजादैँ म अन्तिम पटक सोधी रहेको छु, के हामी एक भएर बाँकी जीवन बिताउन सक्छौरु कृपाया सोचेर निर्णय गर्नुरु म तिम्रो निर्णयको “इन्तजार” गरेर समय व्यतित गरि बसि रहेको हुनेछु ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *