‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण झुक्याउने युवक पक्राउ

भक्तपुर — आफूलाई नेपाल प्रहरीको इन्स्पेक्टर भन्दै सर्वसाधारणलाई झुक्याउने एक युवक भक्तपुरबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी रहेका छन्।

EPIC EPIC EPIC EPIC EPIC

गिरीले मंगलबार राति साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिव्यश्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिको सडकमा आफू इन्स्पेक्टर भएको भन्दै मोबाइलको वालपेपरमा प्रहरीको पोशाक लगाएको फोटो देखाएका थिए।

उनले यसरी सर्वसाधारणलाई झुक्याई अशान्ति फैलाएको सूचनाका आधारमा ठिमीस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *