इजरायलको आपत्कालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए) का अनुसार इरानको हालैको आक्रमणपछि कम्तीमा ३२ जना घाइते भएका छन् र उनीहरूको उपचार भइरहेको छ ।
इजरायली सैन्य अधिकारीले इरानले आफ्नो पछिल्लो आक्रमणमा इजरायलमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको बताएका छन् ।
इजरायलले इरानले दक्षिणी इजरायलको बेरशेबामा रहेको सोरोका अस्पताल सहित नागरिक क्षेत्रहरूलाई निशाना बनाएको आरोप लगाएको छ ।“आज बिहान इरानका आतंकवादी तानाशाहहरूले सोरोका अस्पताल र बेरशेबाको नागरिक जनसंख्यामा मिसाइल प्रहार गरे,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एक्समार्फत भनेका छन्, “इरानका तानाशाहहरूले यसको पूरा मूल्य चुकाउनेछन् ।”काठमाडौं । इरानले इजरायली अस्पतालमा क्षेप्यास्त्र आक्रमण गरेको छ ।बीबीसीकाअनुसार अस्पताल क्षतिग्रस्त भएको छ र धेरै मानिस घाइते भएका छन् ।
इजरायलले इरानले आफ्नो क्षेप्यास्त्र आक्रमणमा अस्पताललाई सिधै निशाना बनाएको आरोप लगाएको छ । give me a headline