इरानद्वारा इजरायलमा दर्जनौँ ड्रोन र मिसाइल प्रहार

messenger sharing button
whatsapp sharing button
sharethis sharing button

इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ।

EPIC

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो। उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको भनेको छ।

EPIC EPIC EPIC

तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ।

सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि यो आक्रमण भएको हो।

‘हामीले सिरियामा रहेको इरानी वाणिज्य दूतावासलाई निशाना बनाउने अपराधको जवाफमा ड्रोन र मिसाइलहरू प्रयोग गरेर अभियान सुरु गर्‍यौँ,’ आईआरजीसीले विज्ञप्तिमा भनेको छ।

शनिबार टेलिभिजन सम्बोधनमा इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भनेका छन्, ‘इरानले आफ्नो क्षेत्रबाट इजरायल राज्यको क्षेत्रतर्फ मानवरहित हवाई वाहनहरू प्रहार गरेको छ।’

अहिलेसम्मकै खतरनाक र उच्चतम स्तरको तयारीका साथ आफू इजरायलमाथि आक्रमणमा उत्रिएको इरानले बताएको छ।

इरानबाट प्रक्षेपित क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न इजरायली सेनाले प्रतिरक्षात्मक कारबाही गरेपछि तेल अबिब र जेरुसेलमलगायत इजरायलका सहरहरूमा हवाई आक्रमणको साइरन र विस्फोटको ठूलो आवाज सुनिएको बीबीसीले लेखेको छ।

अक्टोबर ७ देखि गाजामा इजरायली आक्रमणमा कम्तीमा ३३,६८६ प्यालेस्टाइनी मारिएका छन् र ७६,३०९ घाइते भएका छन्।

हमासले अक्टोबर ७ मा गरेको आक्रमणबाट इजरायलमा मर्नेको संख्या १,१३९ पुगेको छ, दर्जनौं व्यक्ति अझै पनि बन्दीमा छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *