इलाम– महिलामा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने भएको छ । आउँदो माघ २७ देखि फागुन २ सम्म इलामका १० देखि १४ वर्ष उमेरसमूहका किसोरीलाई यो खोप दिइने भएको हो ।
कक्षा ६ देखि १० सम्मका किसोरी र विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किसोरीलाई यो एचपिभी खोप दिइने इलामस्थित स्वास्थ्य कार्यालयले जनाएको छ । महिलामा हुने पाठेघरको मुखको क्यान्सर, त्यसको लक्षण, रोकथाम र उपचारका विषयमा समेत कार्यालयले सरोकारवालालाई जानकारी गराएको छ ।
किशोरीलाई नै यो खोप दिँदा भविष्यमा उनीहरूमाथि हुुने क्यान्सर रोगको संक्रमण कम हुने विश्वास गरिएको कार्यालय प्रमुख आदित्य शाक्यले बताए ।
यसपटक इलाममा नौ हजार आठ सय २८ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले जानकारी दिए ।