इलामका विपन्न बिद्यार्थीलाई जाडोको कपडा

इलाम – इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनले विपन्न बिद्यार्थीलाई जाडोको कपडा वितरण गरेको छ । इनर व्हिलले सोमबार इलामको गोदक स्थित नन्द माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न समुदायका विद्यार्थी जाडो बढेसंगै समस्यामा रहेको जानकारी थाहा पाएसंगै उनीहरुलाई इनर व्हिलले विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेको इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट भूमिका पोखरेलले जानकारी दिईन ।

EPIC EPIC EPIC

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणी गौतमको प्रमुख आतिथ्यता तथा इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जमुना भुषालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानध्यापक उमेश बुढाथोकी, आर्दश माध्यमिक विद्यालयका शिक्षक तथा कार्यक्रमका समन्वयकर्ता महेन्द्र बस्नेत, रोटरी क्लब अफ बिर्तामोडका पूर्व अध्यक्ष शिव अग्रवाल लगायतले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रममा रोटरी क्लब अफ बिर्तामोडका पब्लिक इमेज चियर मनोज अग्रवाल, रोटरी क्लब अफ बिर्तामोड मिडटाउन मेम्बरशिप चेयर जगत शर्मा, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका रोटरी रोट्राक्ट चेयर प्रियङ्का शर्मा , रोट्रयाक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सचिव श्रद्धा प्रसाई ,बोड मेम्बर निलम अग्रवाल,मिडिया कोअडिनेटर ऋजु श्रेत्री लगायतको उपस्थिति रहेको थियो ।

इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनको भ्वाइस प्रेसीडेन्ट सम्झना भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन इनर व्हिल क्लब अफ बिर्तामोड मिडटाउनको सचिव मोनिका अग्रवालले गरेकी थिइन । साथै इनर व्लिले इलाम ९ स्थित गोलाखर्कमा रहेको राहसल बाल गृहका बालबालिकालाई पनि जाडोको न्यानो कपडा वितरण गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च