इलामको रोङमा मिनी ट्रक ५ सय मिटर तल खस्दा एक जना घाइते

रोङ। इलामको रोङ गाउँपालिकास्थित मेची राजमार्गमा सडकबाट खसेर ट्रक दुर्घटना भएको छ ।

आज बिहान ७ः१५ बजे रोङ गाउँपालिका ४ स्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ च १२५२ नं. को किराना सामान बोकेको मिनी ट्रक ब्रेक फेल भई सडकदेखि करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

EPIC EPIC EPIC EPIC

दुर्घटनामा मिनी ट्रकका सहचालक झापा बुद्धशान्ति –५ बस्ने ४१ वर्षीय कुमार श्रेष्ठ घाइते भएका छन् । ट्रक चालक झापा मेचीनगर –१५ ज्यामिरगढी बस्ने ४१ वर्षीय राजेन्द्र मुखियालाई प्रहरी चौकी किटेनीले नियन्त्रणमा लिएको छ । ट्रक घटनास्थलमै रहेको र निकाल्ने पहल भइरहेको इलाम प्रहरीले जनाएको छ l

Source: प्रतिदिन दैनिक

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *