इलाममा अविरल वर्षासँगै पहिरो र सडक अवरुद्ध, घर भत्किदा दुई जना सामान्य घाइते

इलाम। अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडक अवरुद्ध भएका छन् भने एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्।

आज बिहान ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

यस्तै, गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ भने इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन रोकिएको छ। दुवै स्थानमा स्थानीय प्रहरी कार्यालयबाट अवरोध हटाउने कार्य भइरहेको छ।

यसैबीच, सुर्योदय नगरपालिका–६ हर्कटेमा केशर कटुवालको घरमाथिबाट पहिरो खस्दा घर जोखिममा परेको छ भने मानवीय वा पशु क्षति भने भएको छैन।

आज बिहान ४ बजे इलाम नगरपालिका–९ गोलबस्तीस्थित राकेश थापा मगरको जिर्ण घर वर्षाका कारण भत्किँदा त्यहाँ डेरा गरी बस्ने सुर्योदय नगरपालिका–५ समालबुङका सुखबिर लिम्बूकी श्रीमती ३५ वर्षीया भावना सुब्बा र उनकी १४ वर्षीया छोरी अनुस्का सुब्बा सामान्य घाइते भएका छन्। घाइते दुवै जनाको जिल्ला अस्पताल इलाममा उपचारपछि बिहान ७ बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

इलामका भित्री सडक अवरुद्ध हुँदा स्थानीयको आवागमन प्रभावित भएको छ भने वर्षा अझै जारी रहेकाले थप जोखिम रहन सक्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *