इलाममा दुई जना बालिका बलात्कृत, दुई आरोपी पक्राउ

इलाम। इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन् । नाबालिकालाई ललाईफकाई धाकधम्की दिई पटक पटक जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

घटनाको जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय इलाम र अस्थायी प्रहरी पोस्ट बिब्ल्याटेबाट चैत १४ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा नेपालीलाई पक्राउ गरेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै जबरजस्ती करणी गरेको अभियोगमा अर्का व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका–६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा रहेका छन । नाबालिकालाई किराना पसलमा सामान किन्न गएको बेला एक्लै भएको मौका पारी जबरजस्ती करणी गरेका थिए ।

घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी पेल्टिमारीबाट चैत १७ गते प्रहरी टोली खटिएर आफ्नै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा विश्वकर्मालाई पक्राउ गरेको थियो । पक्राउ परेका नेपाली र विश्वकर्मालाई जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय इलाममा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सञ्जीव बोगटीले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *