इलाम हत्या प्रकरण: आशंकामा इलाम ९ का तामाङ पक्राउ

इलाम। इलाममा एक ब्यक्तिको हत्या गरेको आशंकामा इलाम नगरपालिका ९ का पदम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम नगरपालिका ९ का ५२ बर्षीय रबिन भनीने रेशमराज राईको हत्या गरेको आशंकामा तामाङलाई प्रहरीले आईतबार पक्राउ गरेको हो ।

EPIC EPIC EPIC EPIC

इलाम नगरपालिका ९ को गायोडाँँडा लामेदुहाली कुलोमा टाउकोमा गम्भीर चोट लागी रगत बगेको अवस्थामा राईको शव फेला परेको थियोे ।

मृतकका छोरा मनजय राईले तामाङले आफना बुबाको हत्या गरेको भनी दिएको किटानी जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरी जिल्ला अदालत इलामबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनु भयो । प्रहरीका अनुसार तामाङले हत्या गरेको पुष्टी भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *