इस्कुस खेतीमा इलामे कृषकको आकर्षण


जनक न्यौपाने, २० साउन ।


कृषिकर्मको अनेकन सम्भावना खोजिरहेका इलामे किसानहरू इस्कुस खेतीमा आकर्षित भएका छन्।

EPIC EPIC EPIC


फल मुन्टा र जरासमेत बिक्ने बहुवर्षे वाली इस्कुस इलामे भूमिमा पहिला देखी नै गरिंदै आए पनि अहिले भने व्यवसायिक रुपमा नै थालिएको छ। इलामको प्राय सबै स्थानहरूमा हुने इस्कुस खेती अहिले सीमावर्ती स्थान, राजमार्ग र झापासँग जकेडिएका गाउँहरूमा भने आम्दानीको प्रमुख स्रोत बन्दै गएको हो। विगत एक दशकयता राेङ ६ का किसानहरूले मुन्टा बेच्नका लागि इस्कुसको व्यवसायिक खेती गर्दै आएका छन्।

यहाँको एकै किसानले सातामा ३ सय मुढा सम्म मुन्टा उत्पादन गर्ने गरेका राेङ ६ का किसान जीवन राई बताउँछन्। चैत्र देखी भदौ  सम्म मुन्टा उत्पादन गरेर झापाको बाहुनडाँगी, काँकडभिट्टा, चाराली, बिर्तामोड, मेची राजमार्गका हर्कटे खण्डका सडक पसलसँग भारतकाे लोहागाडा ,नक्सालबाडीसम्म लैजाने गरेका छन् ।

त्यस्तै सामालबुङ फिक्कल पशुपति नगरतिर फलको लागि इस्कुस उत्पादन गर्ने गरिएको श्रीअन्तु विवेक शर्मा लामिछानेले बताए ।यस क्षेत्रमा उत्पादित इस्कुस भारत तिर निर्यात हुने गरेको छ । यहा उत्पादित इस्कुस फल र पछि तरुलको लागि रोपिने गरेको हो। पछिल्लो समयमा भारत निकासीका लागि सजिलो र भारतीय व्यापारीहरू इस्कुस खरिद गर्न गाउँमै आउन थालेपछि अझ किसानहरूको मेह इस्कुस खेतीमा बढेको छ।

विगत लामो समय व्यवसायिक पत्रकारिता गर्दै आएका फिक्कलका दिनेश महत  फार्म नै खोलेर इस्कुस खेतीतिर लागेका छन् ।उनले बि.एण्ड.एम कृषि तथा पशुपालन नगरपालिका -८ कजेनीमा इस्कुस ,चिया खेती र गाईपालन व्यवसाय शुरु गरिएको छ ।
करिव १२ रोपनी क्षेत्रफलमा इस्कुस ,२५ रोपनीमा चियाखेती र ६ माऊ गाईपालन थालिएको छ । गतवर्ष उत्पादन राम्रो थियो तर यसवर्ष कम छ। तर गतवर्षको ३ मनको भाउ १ मनले बोल्छ ।

उत्पादन कम भएपनि भाउ राम्रो छ। शुरुबाट प्रतिमन १ हजार मा बिक्री हुँदै आएको इस्कुस १६ सयबाट अहिले  १२ सयले बारीबाट बिक्री हुँदै गरेको महतले बताए । बि.एण्ड.एम कृषि तथा पशुपालन फार्ममा अहिले हप्तामा २० मन इस्कुस उत्पादन हुने गरेको छ ।उनको फार्ममा अहिले ८० फिट लामो गोठ निर्माण भइसकेको छ ।गोठमा ७ माउ गाई छन् । गतवर्षबाट फार्म सञ्चालन गरेका महतले दैनिक ३५-४० लिटर दूध उत्पादन गर्छन्।


महत मात्रै हैन कजेनि ,मालुम गैरिगाउँ लगायतका गाउँहरूमा यस्ता दर्जनौँ किसानहरू रहेका गैरीगाउँका किसान प्रेम बहादुर खड्काले बताए उनले करिव २५ रोपनीमा सुनपा -९ गैरागाउँमा लगाएका छन् ।


किसानहरू आफै गर्छन् पहिलाचोटि अलि धेरै लगानी भएपनि क्रमश: दोस्रो वर्षबाट घट्दै जान्छ ।माझ बनाएको बास दोस्रो र तेस्रो वर्ष सम्म हुन्छ। फुलिसकेपछि लहरा घाँस र पातको खोले हुने हुँदा गाई पालन गर्न पनि सजिलो भएको किसानहरू बताउँछन। यसरी उत्पादनमा लागेका किसानहरूमा बिचौलियाको पिर छ।

जंगली जनावरको त्रास सरकारबाट प्राविधिक सहयोग छैन ।उन्नत जातको पहिचान छैन यी कुराहरूमा सहयोग भए किसान प्रोत्साहित हुने र रोजगारीका लागि बिदेसिने क्रम कम भई मुलुक आर्थिक समृद्धिमा लाग्ने निश्चित रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च