उत्पादनमुखी क्षेत्रमा लगानी गर्न कचनकवल गाउँपालिकालाई युवाहरूको माग

झापा। कचनकवल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट निर्माण तथा अन्य विविध विषयमा कचनकवलका युवासँग सुझाव संकलन गरेको छ। 

EPIC

आइतबार (हिजो) गाउँपालिकाको सभाहलमा स्थानीय युवासँग अन्तरक्रिया गर्दै पालिकाले सुझाव संकलन गरेको हो। 

EPIC EPIC EPIC

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईको  नेतृत्वमा पालिका भरिका युवासँग सुझाव, जिज्ञासा एवं गुनासो लिएका छन् ।  

जनप्रतिनिधिसँगको प्रत्यक्ष भेटमा युवाहरूले कृषि, खेलकुद, सडक, स्वास्थ्य बिमा तथा अस्पताल, शिक्षा, पर्यटन प्रवर्दन लगायतका विषयमा जिज्ञासा तथा सुझाव राखेका  छन् । 

युवाहरुको गुनासो र जिज्ञासाको उत्तर दिँदै पालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशी तथा उपाध्यक्ष नवराज भट्टराईले सबैलाई धन्यवाद दिँदै युवाका भावना, आवश्यकता अनुरूप आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमहरू बनाउनकै लागि कार्यक्रम गरेको बताए ।  

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष लेखनाथ खत्री, वडा नम्बर ५ का वडाध्यक्ष नुर आलम, वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि खरेल र वडा नम्बर ७ का वडाध्यक्ष भरत राजवंशी लगायत स्थानीय युवाहरूको उपस्थिति थियो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *