उदयपुरमा अनुदानको २ सय बोरा युरिया मल लुकाउने व्यापारी पक्राउ

फाइल फोटो

काठमाडौं– उदयपुरमा सरकारले किसानलाई वितरण गर्न पठाएको २ सय बोरा अनुदानको मल लुकाएर कालोबजारी गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन् ।

कटारीमा रहेको आशुतोष ट्रेडर्स एन्ड जनरल स्टोर्सका सञ्चालक दिलीप चौधरीलाई पक्राउ गरी अनुसन्धान थालेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

EPIC EPIC EPIC EPIC EPIC

जिल्ला प्रशासन कार्यालय उदयपुरबाट गएको अनुगमन टोलीले चौधरीले सञ्चालन गरेको स्टोर्सबाट यहफ भदौ १२ गते २ सय बोरा युरिया मल बरामद गरेको थियो ।

अनुदानको मल लुकाएर राखेको फेला पारेपछि गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा चौधरीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *