Search
Close this search box.
Search
Close this search box.

उदयपुर दुर्घटना: ३ को निधन, १४ को उपचार जारी, २२ घर फर्के

शनिबार दिन पिकनिक खाएर फर्कने क्रममा दुर्घटनामा परेको अन्नपूर्ण बोर्डिङ स्कुल बसका घाइतेमध्ये २२ जना निको भएर घर फर्केका छन्। 

गम्भीर १३ जनाको विराटनगरस्थित न्युरो अस्पताल र १ को जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ। घाइतेहरू सबैको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।

EPIC

त्रियुगा नगरपालिका ५ देउरी जलजलेस्थित अन्नपूर्ण बोर्डिङबाट अभिभावक र विद्यार्थी बोकेर पिकनिक खान गएको प्र १–०५–००१ ख ००४४ नम्बरको बस शनिवार फर्कने क्रममा जिल्लाको उदयपुरगढी गाउँपालिका ७ जोगीनीटोलस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनामा परेको थियो।

घुम्तीमा अनियन्त्रित भई सडकमुनि खसेर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका ६ का ४० वर्षीय भिखन चौधरी, ७ वर्षीय सोनिया चौधरी र ११ वर्षीय विकास चौधरीको निधन भएको थियो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक लोकबहादुर दियालीका अनुसार ३९ जना यात्रु सवार बस दुर्घटनाका घाइते ३९ जनालाई जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो। जसमध्ये चालकसहित ३ जनाको निधन भएको हो। 

त्यहाँ उपचार सम्भव नभएपछि अन्य १३ जना गम्भीरलाई पनि रिफर गरिएको प्रहरीले जनाएको छ। घाइते हुनेमा ४ अभिभावक र बाँकी विद्यार्थी बालबालिका रहेका छन्।

अप्रिय घट्नाले विद्यालय परिवार शोकमग्न भएको छ भने पुरै देउरी जलजले गाउँ शोकाकुल भएको छ। प्रायः सबैजसो चौधरी परिवारका विद्यार्थी परेकाले विशेष गरी थारु बस्ती शोकले थिलथिलो हुन पुगेको छ।

यसैबीच दुर्घटनामा परी निधन भएका ३ जनाको शव पोष्टमार्टमका लागि आज बिहान जिल्ला अस्पताल उदयपुरल्याइएको छ। गम्भीर घाइते भएर रिफर भएका उनीहरूको विराटनगर लाने क्रममा शनिवार दिउँसो बाटोमै निधन भएको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *