समीक्षा कडरिया रिजाल
बुद्धशान्ति ३ आदर्श टोलस्थित जङ्गलको आडैमा झन्डै २० वर्ष पुरानो एउटा अस्तब्यस्त शिव मन्दिरले आफ्नो अस्तीत्वको लडाइँ लडिरहेको छ।
जिर्ण मन्दिरको दाहिनेपट्टी पर्यटन प्रबर्द्धनका निम्ति भर्खरै “आदर्श नमुना धार्मिक तथा परापर्यटन क्षेत्र“को निर्माण भएतापनी कोभिडका कारण संचालनमा भने आउन सकेको छैन। वन उपोभक्ता समिति र बुद्धशान्ति गाउँपालिकाको साझेदारी बनेको यो पार्क निर्माण गर्दैगर्दा क्षतिग्रस्त मन्दिर तर्फ भने ध्यान गएको देखिदैन।
२०५३ साल स्थानियको सकृयतामा स्थापना भएको यो मन्दिर यतिबेला सुनसान र उजाड देखिन्छ।
मन्दिरको प्रबेश द्वारमा अग्ला–अग्ला घाँस पात पलाएका छन्,भित्तो भत्किएको छ भने, मन्दिरका घण्टहरु र मुर्तिहरु माकुराको जालोले छोपिएका छन्।
यस मन्दिर समितीका अध्यक्ष चन्द्र प्रसाद अधिकारीका अनुसार यो मन्दिर वनकै हकमा पर्ने हुँदा बन समितिले नै यसको जिम्मा लिनुपर्ने बताउँछन्।
स्थापनाकालदेखि नै मन्दिर समिति अध्यक्ष रहेका अधिकारी मन्दिर आफ्नो जिम्मामा नरहेको बताउछन्। उनले भने, ” स्थापना कालमा मैले नै दु:ख गरेको हु तर म केहि समयका लागि वैदेशिक रोजगारीमा जाँदा राजीनामा दिएर गएको थिएँ”।
आदर्श नमुना सामुदायिक वन उपोभक्त समितिका अध्यक्ष तिलक रिजाल भने मन्दिर समिति लामो समय देखि निष्कृय रहेको र समन्वय गर्न बेवास्ता गरेको आरोप लगाएका छन्।
“वन समितिले मन्दिर परिसरमै पार्क बनाईसकेको छ,हामी मन्दिरलाई पनि साझा सम्पत्तिको रुपमा संरक्षण गर्न चाहान्छौ,तर मन्दिर समिति समन्वय गर्न मानिरहेको छैन” रिजालले भने।
मन्दिर समिति र वन समितिको लडाइँमा आखिर आस्थाको केन्द्र मानिने मन्दिर कहिलेसम्म पिल्सन पर्ने?जुँघाको लडाइँमा अब भगवान पनि चेप्टिएकै हुन त? लगायत प्रश्नको उत्तर खोजी रहेछ शिव मन्दिर।