झापा। नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा झापाका ३ जना निर्वाचित भएका छन् ।
हिजो सम्पन्न निर्वाचनबाट मेचीनगरका नरेन्द्रकुमार खड्का, बिर्तामोडका उमेश डालमिया र दमकका गोकुल श्रेष्ठ वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।
व्यवशायीहरूको छाता संस्था वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल चयन हुनुभएको छ । महासंघमा बरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था छ ।