Search
Close this search box.
Search
Close this search box.

उपनिर्वाचनमा ६० प्रतिशत मतदान : निर्वाचन आयोग

काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।

EPIC

४ मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३।५६, चितवन २ मा ६७।६३ प्रतिशत र तनहुँ–१ मा ५४।०३ प्रतिशत मतदान भएको थियो । तीनवटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए ।

सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु हुनेछ । आयोगका अनुसार बारा–२ का सबै मतपेटिका साँझ ८ बजेभित्र कलैयामा, चितवन २ का सबै मतपेटिका राति १० बजेभित्र भरतपुरमा र तनहुँ–१ का सबै मतपेटिका राति ११ बजेभित्र दमौलीमा ढुवानी भइसक्ने जानकारी दिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *