Search
Close this search box.
Search
Close this search box.

उपराष्ट्रपतिमा महिला उठाउन आयोगको निर्देशनपछि सत्ता गठबन्धनमा अन्योलमा

image search 1678446432540

काठमाडौं- उपराष्ट्रपति पदमा राष्ट्रपतिको भन्दा फरक लिङ्गको उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले निर्देशन दिएपछि सत्ता गठबन्धन अन्योलमा परेको छ।

चैत ३ गते हुने चुनावको शनिबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

EPIC

आयोगले शुक्रबार सूचना जारी गर्दै राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएकोले अब फरक लिङ्ग (पुरुष होइन) का उम्मेदवारको मनोनयन गराउन भनेको हो।

आयोगको निर्णयप्रति जनता समाजवादी पार्टीका नेताहरुले असन्तुष्टि जनाएका छन्।

जसपाले उपराष्ट्रपतिका लागि बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने बिहीबार (२५ फागुन) मै निर्णय गरिसकेको छ।

नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपति दाबी गरेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने उन्मुक्तिले शुक्रबार बिहान निर्णय गरिसकेको छ।

तर, संवैधानिक व्यवस्थाअनुसार उनको उमेर पुग्ने देखिदैँन। संविधानमा उपराष्ट्रपतिका लागि ४५ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था छ। श्रेष्ठ अहिले ४० वर्षकी छन्।

उपराष्ट्रपतिबारे निर्णय गर्न सत्ता गठबन्धनका ९ दलको बैठक अहिले बस्दैछ। उक्त बैठकले उम्मेदवारबारे साझा धारणा बनाएर समझदारी गर्ने सम्भावना छ।

निर्वाचन आयोगले संविधानको व्यवस्थालाई टेकेर उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने अडान लिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *