उपसभामुख अमेरिकागमनबारे योगेश भट्टराईको आरोप गलत प्रमाणित, संसद सचिवालयकै पत्र फेला

काठमाडौं । उपसभामुख इन्दीरा राना मगर सदनलाई जानकारी नगराई अमेरिका गएको विषयमा एमाले सचिव योगेश भट्टराईले उठाएको प्रश्न गलत रहेको प्रमाणित भएको छ।

उनले पर्याप्त आधारबिना नै सदनमा उपसभामुखमाथि प्रश्न उठाएर गैर जिम्मेवारिता देखाएको पुष्टि भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

उपसभामुख रानाले संघीय सदन सचिवालयमा जानकारी गराएको प्रमाण फेला परेको छ। संघीय सदनको अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाले कन्सुलर विभागलाई पत्र लेखी उपसभामुख राना के प्रयोजनका लागि अमेरिका जान लागेको भन्ने विवरण समेत खुलाएको पत्र फेला परेको हो।

‘हाईलेभल डाइलग फोकस अन डेमोक्रेटिक प्रोग्रेस च्यालेन्जेज एन्ड अपरच्युनिटीज इन नेपाल एन्ड युनाइटेड स्टेस’ भन्ने कार्यक्रममा जान लागेको सचिवालयले कन्सुलर विभाग त्रिपुरेश्वरलाई लेखेको पत्रमा प्रष्ट खुलाइएको छ।

संसद सचिवालयको उक्त शाखाकी अधिकृत सपना सापकोटाको हस्ताक्षरमा ‘भर्बल नोटको लागि सिफारिस सम्बन्धमा’ विषय खुलाउँदै शाखाको चलानी नम्बर ४७८ रहेको पत्र १९ असारमा लेखिएको भेटिएको हो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *