उपाध्यक्ष भट्टराईको प्रश्न, “बनियानी स्वास्थ्य केन्द्र नियमअनुसार अस्पताल चलिरहेको छ ?”

  • नवीन उप्रेती


बनियानी, ३ असार । झापाको कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमाथि गम्भीर प्रश्न उठेको छ ।
स्वास्थ्य केन्द्रमा सञ्चालित सर्पदंश उपचार केन्द्र पाँचौँ वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको व्यवस्थापनको विषयमा प्रश्न उठेको हो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य केन्द्रको व्यवस्थापनको विषयमा प्रश्न उठाउनु भएको हो ।
“नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन ? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन् ?”, कार्यक्रममा मन्तव्यका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउँदा–जाँदा नागरिकका पीडा सुनिरहेको छु । हामी जनप्रतिनिधिले जनताको करबाट तलब खाइरहेका छौं भने हामीले पनि हाम्रो जिम्मेवारीको गम्भीर समीक्षा गर्नुपर्छ ।” प्राथमिक स्वास्थ्य केन्द्रप्रति जनस्तरबाट धेरै गुनासा आइरहेको उहाँको भनाइ छ ।
प्राथमिक स्वास्थ्य केन्द्र मातहतमा सञ्चालित सर्पदंश उपचार केन्द्रको सेवा र व्यवस्थापनबारे उपाध्यक्षले प्रत्यक्ष आलोचना नगरे पनि उहाँले स्वास्थ्य केन्द्रको व्यवस्थापन र पारदर्शितामाथि गम्भीर टिप्पणी गर्नुभयो ।
“एक्सरे मेसिन पालिकाले किन किनेन भनेर मात्र बहाना बनाउने हो भने बाँकी व्यवस्थापकीय कमजोरीहरूको जवाफ कसले दिने ?”, उहाँले प्रश्न भन्नुभयो, “हामी अस्पताल चलाउने अभियानमा छौं भनिन्छ, तर केन्द्रको आम्दानी–खर्च पालिकामा बुझाउनु पर्दैन त ? कार्यपालिकाको बैठकमा पटक–पटक माग गर्दा पनि किन विवरण नआएको ?”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *