Search
Close this search box.
Search
Close this search box.

उर्लाबारीको आगलागीमा घाइते भएका एक जनाको मृत्यु

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा कात्तिक २६ गते लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट राति १०ः३० बजेतिर अचानक आगलागी सुरु भएको थियो ।

EPIC

आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मंगलबार बिहानका राति २ः४५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पण्डितको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । त्यतिबेला घाइते प्रहरी र २० जना स्थानीय गरेर २४ जनालाई थप उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो ।

उपचाररतमध्ये गम्भीर अवस्थाका ८ जनाको आईसीयूमा उपचार भइरहेको दाहालले बताए । कार्कीको घरमा सुनचाँदी पसलसहित भायनेटको कार्यालय र नजिकै फर्निचर पसल पनि थियो ।

सुनचाँदी पसल तथा भायनेटको कार्यालयमा पूर्ण रूपमा र फर्निचरमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट ३ करोड ४१ लाखभन्दा धेरैको क्षति भएको थियो ।

आगलागीपछि घरभित्र पार्किङ गरेर राखेको बा ०१–०२५ च ६८४६ नम्बरको कार विष्फोट भएको थियो । आगलागी नियन्त्रणमा लिने क्रममा अचानक कार विष्फोट भएपछि आगो निभाउन खटिएकाहरु घाइते भएका थिए ।

आगलागीको कारण अझैसम्म खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *