Search
Close this search box.
Search
Close this search box.

उर्लाबारीको आगलागीमा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो

मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा आगलागीमा परेर घाइते भएकामध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

कात्तिक २६ गते लक्ष्मी पूजाको राति भएको आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । घाइतेमध्ये ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । धनुषाको जनकनन्दिनी गाउँपालिका घर भइ उर्लाबारी–७ मा बस्दै आएका मरिताको राति ११ः३० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

EPIC

आगो नियन्त्रणमा लिने क्रममा गम्भीर घाइते भएका उनको कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको थियो । घटनामा घाइते भएकामध्ये उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको छ ।

दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजाको राति १०ः३० बजेतिर लागेको आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए । गम्भीर घाइतेको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको डीएसपी दाहालले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *