उर्लाबारीमा सुमो र बस ठोक्किँदा १३ जना घाइते

मोरङ – मोरङको उर्लाबारी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा तीन वटा सवारी ठोक्किएर दुर्घटना भएको छ।

विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार टाटा सुमो र दुई वटा यात्रुबहाक बस एकै स्थानमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन लम्सालका अनुसार दुर्घटनामा परी १३ जना घाइते भएका छन्।

EPIC EPIC EPIC

यसक्रममा ११ जना सुमोमा यात्रा गरिरहेका यात्रु रहेको उनले बताए। त्यसैगरि, २ जना बसमा सवार यात्रु हुन्। ट्राफिक प्रहरी प्रमुख लम्सालका अनुसार मे १ ज २७४९ नम्बरको टाटा सुमोले मे १ ख २५४६ नम्बरको यात्रुवहाक बसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुमोले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएपछि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१–ख ४४५६ नम्बरको बससँग ठोक्किएको थियो।

यसक्रममा गम्भीर घाइते भएका ३ सहित पाँच जनालाई उपचारका लागि झापाको बिएण्डसी अस्पतालमा भर्ना गरिएको छ। त्यसैगरि, अन्य ८ जनाको उर्लाबारीमै उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *