ऊर्जा मन्त्रालयले कुलमानलाई पठायो स्पष्टीकरण पत्र

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सफाइ पेस गर्न पत्र पठाएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न भन्दै स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । उक्त अधिकार पाएसँगै मन्त्रालयले ‘तपाईंको नियुक्ति रद्द किन नगर्ने’ भन्दै सफाइ पेस गर्न पत्र पठाएको हो ।

घिसिङ र मन्त्रालयबिच २०७८ माघ १५ मा भएको सम्झौताअनुरूप आर्थिक वर्ष २०८०र०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको सर्त उल्लङ्घन गरेको ऊर्जा सचिव सुरेश आचार्यले लेखेको पत्रमा उल्लेख छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

४ वटा बुँदामा सफाइ पेस गर्न घिसिङलाई पठाएको पत्रमा सम्झौता किन रद्द नगर्ने र कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै प्रश्न गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *