‘एउटा हटायो, अर्को नियुक्त गर्‍यो, सकियो’ – घिसिङबारे ओली

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको विषयमा बारम्बार जवाफ दिनु नपर्ने स्पष्ट पारेका छन्।

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङलाई पुनर्नियुक्ति नगरेको विषयमा माओवादी केन्द्रसहित विपक्षी दलहरूले संसद अवरोध गर्दै प्रधानमन्त्रीको जवाफ मागेका थिए।

EPIC EPIC EPIC EPIC EPIC

माओवादी सांसद शक्ति बस्नेतले घिसिङको पुनर्बहालीको माग गर्दै सरकारको निर्णय फिर्ता लिनुपर्ने बताएका थिए। विपक्षीको निरन्तर अवरोधपछि संसद बिहीबारसम्मका लागि स्थगित गरिएको छ।

यही विषयमा प्रधानमन्त्री ओलीले युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै, सरकारले कर्मचारी परिवर्तन गर्दा कसैले ‘छाती पिटेर रोइरहेको’ टिप्पणी गर्दैमा आफूले बारम्बार जवाफ दिनु नपर्ने बताएका छन्।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो। एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सकियो। त्यही हो जवाफ,’ ओलीले भने। उनले सरकारलाई दबाब दिएर आफ्नो अनुकूल नियुक्ति गराउने अभ्यास स्वीकार्य नहुने पनि प्रस्ट पारे।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *