एउटा हात्तीले अर्को हात्तीलाई नामले बोलाउँछ ?

आउँदै गरेको हात्ती दिवसको सन्दर्भमा हात्तीबारेको जानकारी (सागर बुढाथोकीको सहयोगमा)

मानीसहरुले जस्तै हात्तीहरूले एकअर्कालाई ‘नाम’ले सम्बोधन गर्छन् भन्ने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ ! जङ्गली जनावरमा व्यक्ति किटेर बोलाएको र त्यसरी नाम बोलाउने कुरा नौलो नै हो ! सुगा जस्ता कतिपय जनावरले अरुको नक्कल गरेर नाम बोलाउने कुरा हाम्रो जानकारीमा थियो नै ! तर स्वत:स्फुर्त एउटाले अर्कोलाई बोलाउने भाषा र आफ्नो समुहको निश्चित सदस्यलाइ नाम भए जस्तै गरि किटेर सम्बाद गरेको यस अघि जानकारीमा थिएन !

EPIC EPIC EPIC EPIC EPIC

जङ्गली हात्तीले कसरी एर्कअर्कासँग नामको प्रयोग गरि सञ्चार गर्छन् भन्ने कुरा केन्यामा रहेका जंगली हात्तीहरूको ध्वनीको एआई (कृत्रमि बुद्धि) को प्रयोग गरेर गरिएको एक अध्ययनले प्रकाश पारेको छ । यस अनुसन्धानको लागी वैज्ञानिक हरुले हात्तीका ४६९ वटा ध्वनी संकेतको प्रयोग गरेका थिए । प्रतिष्ठित वैज्ञानिक अनुसन्धान प्रकाशन गर्ने पत्रिका नेचर’मा प्रकाशित यस अध्ययनमा हात्तीहरु आफ्नो नामको आवाज सुन्ने बित्तिकै छिटो नजिक आएको, तुरुन्त प्रतिकृया दिएको र ठुलो आवाज निकाल्ने गरेको बताइएको छ । उक्त अध्ययनमा हात्तीहरूले आफ्नो समूहवाट आएको आवाजको आधारमा आफ्नो ’नाम’ चिन्न र त्यसको प्रतिकृया दिन सक्छन् भनेर देखाएको छ । हात्तीका आवाजमा विविधता हुने गरेको र कसले कसलाई सम्बोधन गरेको भनेर छुट्टिने बताइएको छ । यस अध्ययनले हात्तीहरूले ध्वनी संकेतको माध्यमबाट एकअर्कालाई नामले सम्बोधन गर्ने कुरालाई प्रमाणित गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *