एकजनाले रास्वपा छाड्दा अरु सयजना भित्रिन्छन् : श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले रास्वपामा एक जना गए सय जना आउने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको प्रथम नगर अधिवेशनमा उनले धेरै साथीहरुमा पार्टीबाट कसैले छाडेको विषयमा चिन्ता व्यक्त गरेको भन्दै पार्टीमा एक जना गए सय जना आउने बताएका हुन्।

EPIC EPIC EPIC

उनले भने, ‘धेरै साथीहरुको चिन्ता पार्टीबाट हिजो को जानु भयो, अस्ति को जानु भयो भन्ने छ। तर एक जना जान्छन् सय जना आइरहेका हुन्छन्। आजै पनि पार्टी प्रवेश गराउँदै गर्दा त्यो देखियो। त्यो भनेको संस्थाप्रति र रवि दाईले देखाएको बाटोप्रतिको विश्वास हो। एक गए सय बढ्छ भन्ने एउटा सन्देश पनि हो।’

यस्तै, उनले सत्ता, शक्तिको अगाडि सरकारले नेपाली जनताको पीडा नदेखेको कारण भदौ २३ गतेको घटना भएको भन्दै रास्वपाले यसबारे सरकारलाइ सँधै झकझकाई रहेको पनि बताए।

उनले भने, ‘नेपाली जनता सार्है पीडामा छन्, एकदम आक्रोसित छन्। सत्ता, र शक्तिले त्यस विषयमा आँखा नदेख्ने हो भने परिणाम राम्रो नआउने भनेर झकझकाइरहेका थियौं। त्यो नसुन्नुको नतिजा भदौ २३ गतेको घटना हो।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च