काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको ठुलो झट्का महसुस भएको छ । भूकम्प शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो । केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।
एकाबिहानै भूकम्पको झट्काले सर्वसाधारण त्रसित बनेका छन् ।