एकै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र अधिकृतसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

image search 1681998814559

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साहसहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

वडा नम्बर ४ को धन्छवारस्थित पश्चिम कटनिया नयाँ नदीमा अलपत्र छाडिएको पुल निर्माणको कामको भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । 

EPIC EPIC EPIC EPIC EPIC

अख्तियारले सोही आरोपमा गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष आशादेवी यादव, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रकुमार महत, तत्कालीन लेखापाल इन्द्रकुमार कर्ण, वडा नं ४ का तत्कालीन वडाध्यक्ष विद्यानन्द साह सुडी, वडासचिव रामनारायण मण्डल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत धनिकलाल यादव र सुजितकुमार यादव, तत्कालीन लेखापाल नरेश कामैत, इन्जिनियर अमन पोखरेल, वडा नं ३ का तत्कालीन वडाध्यक्ष हनुमान मण्डल र उपभोक्ता समितिका पदाधिकारीहरुविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *