Search
Close this search box.
Search
Close this search box.

एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि

बागलुङ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा हिजो एकैचोटि २५ जना विद्यार्थीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

विद्यार्थीहरुमा कोरोना सँग मिल्दोजुल्दो लक्ष्यण देखिएपछि ८२ जनाको परीक्षण गरिएकोमा २५ जनामा सङ्क्रमण देखाएको हो ।

EPIC

विद्यालय व्यवस्थापन समितिको निर्णयानुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विद्यालयमा पुनः शुक्रबार थप विद्यार्थीको कोरोना परीक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

त्यस क्षेत्रमा स्वास्थ्य कार्यालयको टोली आज जाने र अवस्था बुझेपछि जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिले निर्णय गर्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको बेला बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *