Search
Close this search box.
Search
Close this search box.

एक्सेल बैंकले अर्कैको खातामा रकम पठाएपछि पर्‍यो राष्ट्र बैंकको कारबाहीमा

झापा। नेपाल राष्ट्र बैंकले झापाको एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ । बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले असम्बन्धित व्यक्तिको खातामा ऋण रकम पठाएको पाइएको कारबाहीमा परेको हो । 

राष्ट्र बैंकले गरेको एक्सेल बैंकको निरीक्षणका क्रममा हदैसम्मको मनपरी पाइएको हो । राष्ट्र बैंकले हदैसम्मको कैफियत भेटेपछि एक्सेल बैंकलाई कारबाही समेत गरेको छ । नियामक राष्ट्र बैंकले जारी गरेको विभिन्न नियम, कानुन मिचेको भन्दै नगद जरिवानासहित एक्सेललाई कारबाही गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

EPIC

राष्ट्र बैंकले गरेको निरीक्षणका क्रममा बैंकले सेयर कर्जा स्वीकृति गर्नु पूर्व सो सम्बन्धी फाइल नै अध्ययन नगरेको समेत पाइएको बताएको छ ।राष्ट्र बैंकका अनुसार बैंकले रियल स्टेट र सेयर कर्जा स्वीकृत गर्नु पूर्व ऋणी कम्पनीले उल्लेख गरेको कर्जाहरूको प्रयोजन, उद्देश्य, कर्जा उपयोग हुने क्षेत्र वा आधार, कर्जाको साँवा ब्याज चुक्ता हुने आधार लगायतका विवरणहरूको विश्लेषण नगरेको पाइएको हो ।

त्यस्तै बैंकले ऋणको रकम सम्बन्धित कम्पनीका सञ्चालक, वा परिवारको सदस्यबाहेक असम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी भएको र कर्जा दुरुपयोग गरेको समेत राष्ट्र बैंकले जनाएको छ । नियामक केन्द्रीय बैंकका अनुसार निरीक्षणका क्रममा अन्य गम्भीर प्रकृतिका कैफियतहरू पनि देखिएको छ ।

बैंकमा यतिसम्मको मनपरी समेत देखिएको छ कि, सञ्चालक समितिले निक्षेपकर्ताको हित विपरीत काम गरेकोसमेत राष्ट्र बैंकको ठहर छ । सञ्चालक समितिले गरेका विभिन्न बदमासी केलाउँदै राष्ट्र बैंकले एक्सेललाई कैफियतहरु सुधार्न अल्टिमेटमसमेत दिएको छ ।हदैसम्मको बदमासी भेटिएपछि केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम संस्थाको सञ्चालक समितिलाई सचेत गराएको छ ।

नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतप्राप्त एक्सेल डेभलपमेन्ट बैंकमा डक्टर इन्द्रबहादुर कट्टेल प्रमुख कार्यकारी अधिकृत छन् भने महेन्द्रकुमार गोयल अध्यक्ष छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *