एक महिनामा अन्नपूर्ण क्षेत्रमा पुगे २४ हजार विदेशी पर्यटक

पोखरा। कास्कीको अन्नपूर्ण क्षेत्रमा पर्यटकको आकर्षण बढेको छ। कात्तिकयता अन्नपूर्ण क्षेत्रमा २४ हजार पर्यटक पुगेका हुन्। पर्यटकको संख्या अत्यधिक हुँदा लामो समयपछि पर्यटन व्यवसायीको व्यस्तता पनि बढेको छ।

अन्नपूर्ण घुम्न आउनेमा दक्षिण एसियाली मुलुकका सात हजार चार सय ७९ र अन्य १६ हजार नौ सय ३० पर्यटक छन्। अन्नपूर्ण संरक्षण क्षेत्र ‘एक्याप’ का प्रमुख डा.रविन कडरियाका अनुसार २०८० साल सुरु भएयता वैशाख र असोजपछि कात्तिकमा सबैभन्दा बढी पर्यटक ‘एक्याप’ पुगेका छन्।

EPIC EPIC EPIC

दशैँ र तिहार मनाएर पहाड र हिमाल छिचोल्दै रम्नेहरूको संख्या पछिल्लो समय बढ्न थालेको छ। कुनै समय अधिक विदेशी पर्यटक ‘ब्यागप्याक’ बोकेर हिमाल हेर्न पुग्ने गरेको भएपनि पछिल्लो समय आन्तरिक पर्यटकहरूको चहलपहलले त्यस्ता क्षेत्रमा पर्यटनको सम्भावना बढाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *