एक सातामा २१ हजारभन्दा बढी भक्तजनले गरे कालिन्चोक भगवतीको दर्शन

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको दोलखाको कालिन्चोक भगवतीको बडा दसैँको एक सातामा २१ हजारभन्दा बढीले दर्शन गरेका छन् । 

धर्मप्रति आस्थावान् भएर पूजा आराधना गरी कालिन्चोक भगवतीलाई प्रसन्न पार्न सके मनले चिताएको पूरा हुने विश्वासले घटस्थापनादेखि पूर्णिमासम्ममा २१ हजार एक सय श्रद्धालु भक्तजनले भगवतीको दर्शन गरेको बताइन्छ । 

EPIC EPIC EPIC

कालिन्चोक केबुलकार प्रालिका सन्देश सिवाकोटीका अनुसार घटस्थापनादेखि पूर्णिमासम्ममा १० हजार एक सयले केबुलकारबाट सेवा लिएका छन् । क्षमताले नभ्याएपछि आधाभन्दा बढी पैदल यात्रा गर्न बाध्य भएका थिए । 

कुरीका होटेल व्यवसायी नवराज पाख्रिनले भन्नु भयो, केबुलकार चढ्न नपाएपछि १० हजार जनाले पैदल यात्रा गरी कालिन्चोक भगवतीको दर्शन गरे । करिब डेढ घण्टा पैदल हिँडेपछि भगवतीको दर्शन गर्न सकिन्छ । 

समुद्र सतहदेखि तीन हजार ८४२ मिटर उचाइमा अवस्थित बालिञ्चोक भगवतीका बारेमा केही किंवदन्ती प्रचलित छ । परापूर्व कालमा कुतीबाट खासा हुँदै भेडा ल्याउँदा बालिञ्चोकबाट नै ल्याउनु पर्दथ्यो । यहाँ आइपुग्दा सात वटा भेडा भेडा हराएका थिए । त्यसपछि गोठालाहरूले कामेर बक्दै अबीर, केशरी र भेटी चढाएपछि भेडा हराउन छोडेको जनविश्वास रहेको छ । त्यसपछि कालिन्चोक भगवतीलाई मान्ने क्रम सुरु भएको स्थानीय मकर ध्वज तामाङले बताउनुभयो । 

स्कन्द पुराणमा कामाचल गिरी हिमवत खण्डमा हिमालय पर्वत र काली पुराणमा कलिञ्जर भन्ने उल्लेख भएको ठाउँ नै कालिन्चोक हो यससँग सम्बन्धित जानकारहरू बताउँछन् । उनीहरूका अनुसार तीन हजार वर्षसम्म तपस्या गरेर पार्वतीले राक्षस मारेको स्थान नै कालिन्चोक हो ।

यहाँ जनै पूर्णिमा,कृष्णाष्टमी समेतमा विशेष मेला लाग्ने गर्दछ । मेलामा धाँमीझाँक्रीको ठुलो भीड हुने गर्दछ भने अन्य भक्तजनहरू पनि छोराछोरी, धन सम्पत्ति,विद्या प्राप्तिका लागि वरदान माग्न आउने गरेको स्थानीयवासी बताउँछन् । 

यहाँ कुनै भगवतीको मूर्ति देख्न पाइँदैन । बाह्रै महिना पानी रहिरहने एउटा कुण्ड छ, त्यसैलाई भक्तजन कालिन्चोक भगवती भनी पुज्ने गर्दछन् ।

चरिकोट–कुरी १८ किलोमिटर कच्ची सडक निर्माण भएको छ । कुरीमा सयौँ होटेल लज बनेका छन् । कुरीबाट मन्दिरसम्म पुग्न केबुलकारको पनि व्यवस्था भएको छ । महत्त्वपूर्ण र सुरक्षित,धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीय सरकार जुरमुराउन लागेको छ । कालिन्चोकमा केबलकार निमार्णसँगै यो क्षेत्रमा आउनेका सङ्ख्यामा वृद्धि भएको छ । 

आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुमा लगानी थपिँदै गएको छ । आसपासका सुन्द्रावती, लापिलाङ र कालिन्चोक गाउँपालिकाबाट पनि सडक सञ्जाल जोडिन थालेका छन् । हराभराका लागि वृक्षारोपण पनि गरिने गुरुयोजना बनेको छ । काठमाडौँतिरबाट त आवतजावत छँदै छ, अब दक्षिणतिर झापासमेतबाट आवतजावत गर्न प्याकेजको रूपमा व्यवस्था मिलाउन लागिएको पनि कालिञ्चोक गाउँपाकिा अध्यक्ष अर्जुन सिवाकोटीले जानकारी दिनु भयो । 

केबुलकार नचढ्दा पनि कुरी बजारदेखि उकालो करिब एक घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । कालिन्चोक भगवती दोलखा जिल्लाको रमणीय एवम् धार्मिक हिसाबले महत्त्वपूर्ण स्थानका रूपमा परिचित छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन देख्दा यहाँ पुग्ने सबैले स्वर्ग पुगेको अनुभूति गर्छन् ।

कच्ची मोटर बाटोमा जिप, गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनिबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन । 

चरिकोटबाट करिब एक घण्टाको हिँडाइपछि देउराली भन्ज्याङ पुगिन्छ । देउरालीमा ३÷४ वटा पसल मात्रै छन् । त्यहाँबाट माथि उक्लिएपछि कुरी नपुगेसम्म बाटोमा पसल भेटिँदैनन् । त्यहाँबाट घना जङ्गलको बाटो हिँड्नु पर्छ ।

यातायात नचल्दा करिब पाँच घण्टाको उकालो चढेपछि बल्ल कुरी पुगिन्छ । कुरी बास बस्ने ठाउँ हो । यहाँ धेरै वटा होटलहरु खुलिसकेका छन् । कुरीमा बास बसेपछि बिहान ५÷६ बजे कालिन्चोक डाँडा उक्लिन सकिन्छ । घाम लागेपछि ठाडो उकालो चढ्न गाह्रो हुन्छ ।

हिउँदमा मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर बाटो निकै जोखिमपूर्ण छ । ढुङ्गा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि करिब तीन घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

मन्दिर आसपासका कुरीलगायतको जग्गा सामुदायिक वन र गुठीको कसको हो भन्ने विवाद टुङिगन सकेको छैन । विवादबिच पनि गुठी सम्बन्धीको मालपोत कार्यालयले भरखरै चन्दा सुरक्षितका लागि पुजारीको व्यवस्था गरेको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *