एनआइसी एसिया कचनकवलले भट्टराईलाई दियो दश लाख रुपैयाँ

कचनकवल । एनआइसी एसिया बैंक कचनकवल शाखाबाट सर्वश्रेष्ठ बचत खाता खोल्ने अभिनारायण भट्टराईलाई घातक रोग बिमा वापतको  रकम हस्तान्तरण गरिएको छ । भट्टराईलाई रू १०,००,०००/- (अक्षरुपी दश लाख) को चेक बैंकको शाखा कार्यलय कचनकवलमा हस्तान्तरण  गरिएको हो ।


कचनकवल  वडा नं १ घेरावारी निवासी  भट्टराईलाई  एनआइसी एसिया बैंकको नियमअनुसार सर्वश्रेष्ठ कचनकवल बचत खाता सञ्चालन गरेवापत खातावाला सहित परिवारको अन्य ३ जनालाई घातक रोग बिमा, दूर्घटना बिमा तथा औषधि उपचार बिमा रहने व्यवस्था अनुसार सो रकम बराबरको चेक प्रदान गरिएको हो ।

EPIC EPIC EPIC


एनआइसी एसिया बैंक कोशी प्रदेश क्षेत्रीय प्रमुख डेनराज सुब्बा र चन्द्रगडी शाखाका शाखा प्रवन्धक प्रविण खड्काले संयुक्त रूपमा बिरामी अभिनारायण भट्टराईलाई शिघ्र स्वास्थ्य लाभको कामना सहित  बैंकको कार्यालयमा चेक हस्तान्तरण गरिएको जानकारी कचनकवल शाखा कार्यालयका शाखा प्रवन्धक पुष्कर अधिकारीले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *