एभरग्रीनमा कक्षा १२ का बिद्यार्थीले गरे ११ लाई स्वागत

शान्तिनगर । न्यू एभर ग्रीन अंग्रेजि मा.बि. बुद्धशान्ति ४ मा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का नयाँ विद्यार्थीलाई एक कार्यक्रम गरि स्वागत गरेका छन् ।

बिद्यालयमा आज आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का बिद्यार्थीले नयाँ बिद्यार्थीलाई सयपत्रीको माला र अबिरले स्वागत गरेको शिक्षक चुडामणी निरौलाले जानकारी दिए। शिक्षक निरौलाका अनुसार कक्षा १२ का बिद्यार्थीले नृत्य र गायन लगायत सांस्कृतिककार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

EPIC EPIC EPIC

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बुद्धशान्ति ४ का वडाध्यक्ष शेर बहादुर रायले बिद्यार्थी र बिद्यालयको प्रगतिको शुभकामना दिएका थिए।

बिद्यालयबाट उत्पादन भएका बिद्यार्थीले बिद्यालयको नाम गर्व गर्न लायक बनाएको भन्दै उत्कृष्ट शिक्षाको लागि शहरतिर जान नपर्ने बताउनु भयो ।
त्यस्तै विशिष्ट अतिथी प्याब्सन बुद्धशान्तिका अध्यक्ष गङ्गा निरौलाले न्यु एभर ग्रीन जिल्लामै नमुना बिद्यालयको रुपमा स्थापित भएको भन्दै शुभकामना दिएका थिए।
प्याब्सन झापाका सदस्य बिष्णु सापकोटाले बिद्यार्थीलाई रचनात्मक कार्यमा प्रेरित गरेको भन्दै पृन्सिपल तिलक पाख्रीनको प्रशंसा समेत गरेका थिए।
अभिभावकको तर्फबाट स्थानीय दिलिप सरदारले शुभकामना
मन्तव्य राखेका थिए।
कक्षा ११का विद्यार्थी गोमा राई र स्वस्तिका न्यौपानेले एभरग्रीन बिद्यार्थीहरुको रोजाईमा परेको बताएका थिए।

अतिथीको रुपमा बोल्दै मंगलबारे बजार समितिका अध्यक्ष भक्त बहादुर ग्लानले बिद्यालयले गरेका विभिन्न कृयाकलापले
स्थानीय स्तरमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे।

पुर्व विद्यार्थी बिष्णु लामिछानेले न्यू एभर ग्रीन स्कुल पढेको बिगतलाई सम्झिदै आफुलाई यो अवस्थामा स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको उद्घोष गरेका थिए।

कक्षा १२ कि बिद्यार्थी आशा लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन गुणराज अर्यालले गरेका थिए।

वि.स. २०५३ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा नर्सरी देखी कक्षा १२ सम्म ९५५ विद्यार्थी अध्यनरत छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च