Search
Close this search box.
Search
Close this search box.

एमसिसी परियोजना : भारतलाई बिजुली बेच्ने प्रसारणलाइन निर्माण प्रक्रिया सुरु

  • ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ १८ किमि प्रसारणलाइन बनाउन तीन कम्पनीको प्रस्ताव
  • एमसिसी परियोजनाको निर्माणमा नेपाली कम्पनीले पेस गर्‍यो पहिलो टेन्डर  
  • सबैभन्दा कम वित्तीय प्रस्ताव मुडभरि एन्ड जोशी जेभीको एक करोड २७ लाख ९५ हजार ९६९ डलरमा 

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)को अनुदानमा बन्ने १८ किलोमिटर लामो ‘न्यु बुटवल–नेपाल/भारत सीमा’ प्रसारणलाइन बनाउन तीन कम्पनीले टेन्डर पेस गरेका छन् । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले २ चैत देखि १४ गतेसम्मको अवधि राखेर ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमा ग्लोबल टेन्डर आह्वान गरेको थियो । त्यस अवधिमा तीनवटा प्रस्ताव आएको हो । अब यसको प्राविधिक मूल्यांकनको प्रक्रिया अघि बढ्नेछ । 

एमसिएका अनुसार भारतका ट्रान्सरेल लाइटिङ लिमिटेड र केइसी इन्टरनेसनल लिमिटेडले टेन्डर पेस गरेका छन् । यसैगरी, नेपालको मुडभरि एन्ड जोशी कन्स्ट्रक्सनले मलेसियाको एचजी पावर ट्रान्समिसन एसडिएन बिएडीसँगको संयुक्त उपकरण (जेभी)मा टेन्डर पेस गरेको छ । एमसिसी परियोजनाको निर्माणमा नेपाली कम्पनीले पेस गरेको यो नै पहिलो टेन्डर हो । यसअघि रद्द गरिएको चार प्रसारणलाइन निर्माणको ग्लोबल टेन्डरमा ६ भारतीय कम्पनीले मात्रै टेन्डर पेस गरेका थिए । 

EPIC

यसैगरी ठेक्का सम्झौता भइसकेको (न्यु बुटवल सवस्टेसन) र ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको दुई (रातमाटे र दमौली) सबस्टेसनमा पनि सातवटा विदेशी कम्पनीले आवेदन दिएका थिए । खरिद प्रक्रियामा तोकिएको मापदण्ड पूरा गर्न नसक्ने भन्दै यसअघि नेपाली कम्पनीले उक्त दुई बोलपत्रमा जेभीमा समेत प्रस्ताव गरेका थिएनन् । त्यसमा सबैभन्दा कम वित्तीय प्रस्ताव पनि मुडभरि एन्ड जोशी जेभीले नै गरेको छ ।

एमसिए नेपालले विवरणअनुसार एक करोड २७ लाख ९५ हजार ९६९ डलरमा कम्पनीले परियोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसमा १.५ प्रतिशत छुटसमेत दिन सक्ने प्रस्ताव कम्पनीको छ । ट्रान्सरेल लाइटिङ लिमिटेडले एक करोड २९ लाख ५४ हजार ९०५ डलर र केइसी इन्टरनेसनल लिमिटेडले एक करोड ३० लाख ९८ हजार ५५१ डलरको वित्तीय प्रस्ताव गरेका छन् । उक्त दुई कम्पनीले त्यसमा छुट गर्न सक्ने प्रस्ताव भने गरेका छैनन् । यो परियोजनाको अनुमानित लागत भने एक करोड डलर हारहारी नै छ । 

अब स्वतन्त्र विज्ञ कमिटीले प्रस्तावित टेन्डरहरूको प्राविधिक मूल्यांकन गर्नेछ । प्राविधिक मूल्यांकनमा उत्तीर्ण भएको अवस्थामा मुडभरि एन्ड जोशी जेभीले ठेक्का पाउन सम्भावना उच्च देखिन्छ । यद्यपि, यो प्राविधिक मूल्यांकनमा निर्भर हुने स्रोतको भनाइ छ । 

‘यो प्रस्ताव मात्रै हो । अब कम्पनीहरूको प्राविधिक मूल्यांकनको काम हुन्छ । त्यसमा तोकिएको मापदण्ड पुगेको हुनुपर्छ । त्यसमा उत्तीर्ण भएपछि यसबारे निक्र्याेल हुन्छ,’ एमसिएका एक अधिकारीले भने, ‘खुला प्रतिस्पर्धाबाट नै ठेक्का सम्झौता गर्ने हो । नेपाली कम्पनी भनेर छुट्टै विशेष सुविधा छैन । प्रतिस्पर्धामा राम्रो प्रस्तुति दिन सकेमा नेपाली कम्पनीले पनि ठेक्का पाउन सक्छन् ।’

गत २७ वैशाखमा मात्रै एमसिए नेपालले न्यु बुटवल सबस्टेसनको निर्माणका लागि सबैभन्दा कम वित्तीय प्रस्ताव गरेको भारतीय कम्पनी लिंकसन इन्डिया प्रालिसँग नै ठेक्का सम्झौता गरिसकेको छ । तीन करोड ५३ लाख डलरमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । यसमा लिंकसनले तीन करोड ९६ लाख ९१ हजार डलरको वित्तीय प्रस्ताव गरेको थियो, जुन प्राविधिक रूपमा उत्तीर्ण भएका अन्य कम्पनीको तुलनामा कम थियो । 

साथै, लिंकसनले त्यसमा १०.३ प्रतिशत छुट दिने प्रस्ताव पनि गरेको थियो । त्यसपछि कम्पनीले सोही कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । प्राविधिक मूल्यांकनमा राम्रो अंक प्राप्त गरेको अवस्थामा मुडभरी एन्ड जोशी जेभीले यसको ठेक्का पाउने सम्भावना उच्च देखिन्छ । तर, कम्पनीले प्राविधिक मूल्यांकनमा कति अंक प्राप्त गर्छ, त्यसमा पनि निर्भर हुने एक अधिकारीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *