“एमसीसी जनताको हितमा छैन”-विप्लव

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् ।

वीरेन्द्रनगरमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।

EPIC EPIC EPIC EPIC EPIC

‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’

महासचिव विप्लवले मञ्मै रहेका प्रधानमन्त्री एवंम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रश्न गर्दै भने, ‘हामी कुनै पनि सैन्य हस्तक्षेप चाहँदैनौं । तपाईं पनि यसका विरुद्ध आवाज उठाउनुहोस् ।’

उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको औंल्याए ।

उनले नेपाल भ्रष्टचारको दलदलमा फसेको बताए । ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु मैले देखेको छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टाचारीहरु किन नहुन् खोरमा हाल्नुहोस्, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *