एमालेका ६४ पार्टी कार्यालय र १५८ नेता तथा कार्यकर्ताको घरमा क्षति

काठमाडौँ । गत भदौ २४ गतेको प्रदर्शनका क्रममा नेकपा एमालेका देशभर ६४ पार्टी कार्यालय, नेता तथा कार्यकर्ताको १५८ घर र व्यवसायमा क्षति पुगेको जानकारी दिएको छ ।  नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टीले आन्तरिक रुपमा संकलन गरेको विवरण सार्बजनिक गर्दै यस बारे जानकारी दिएका छन् ।

आन्दोलनकारीले एमाले केन्द्रीय कार्यालय च्यासल, बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको घर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिब शंकर पोखरेललगायत नेता तथा कार्यकर्ताको घर आगननी र तोडफोड गरेका थिए । महासचिव पोखरेलले जानकारी दिदै भनेका छन्- ‘प्रारम्भिक विवरणअनुसार पार्टीको केन्द्रीय कार्यालयसहित देशभरका ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको पाईएको छ ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

त्यस्तै, पार्टीका नेता र कार्यकर्ताका १५८ भन्दा बढी घर तथा व्यवसायमा क्षति पुगेको रिपोर्ट प्राप्त भएको छ । अधिकांश कार्यालयको सरसफाइ र मर्मत–सम्भारको काम सुरु भइसकेको छ । आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेका छन् । राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी तथा आन्दोलनको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्ति पुनः जुर्मुराएर उठ्तैछ ।

आन्दोलनका नाममा भएको रहस्यमय आगजनी र तोडफोडवाट भएको क्षतिको सरसफाई र मर्मतको काममा पार्टी कार्यकर्ताहरु स्वयमसेवी भावनाका साथ परिचालित भइरहेको महासचिव पोखरेलले जानकारी दिएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *