एमालेको नयाँ नेतृत्वका लागि चुनावी कार्यतालिका सार्वजनिक, १ गते मतदान

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् ।

EPIC EPIC EPIC

जस अनुसार, भोलि (सोमबार) बिहान ७ बजेबाट निर्वाचन कार्यक्रम सुरु हुनेछ । कार्यतालिका अनुसार, पर्सि (मंगलबार) बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

सोही दिन ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमा दाबी विरोध, साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन, १० बजे दाबी विरोध उपर छानबिन हुनेछ ।

त्यस्तै, सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।

त्यस्तै, पुस १ गते ११ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका तय भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *