बुधवारे – नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत अखिल नेपाल महिला संघले बुहारी भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
अखिल नेपाल महिला संघ बुद्धशान्ति वडा नम्बर १ की अध्यक्ष तुलसा रेग्मीको अध्यक्षतामा र अनेम संघ बुद्धशान्तिकी अध्यक्ष भगवती न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सो वडामा विभिन्न स्थानबाट बिवाह भइ आएका नयाँ बुहारीहरूसगँ परिचयात्मक एवं शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले महिलाहरु चुला चौकाबाट बाहिर निस्कने क्रम बढेसगै गाउ गाउमा परिवर्तनको लहर देखिन थालेको
उल्लेख गरिन। उनले नयाँ बुहारीहरूलाई वडा नम्बर १ लाई आफ्नै परिवार सम्झेर व्यक्तिगत र सामाजिक विकासमा लाग्न अनुरोध गरेकी थीइन।
कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति गाउँ पालिका वडा नम्बर का अध्यक्ष अनिल वाग्ले, नेकपा एमाले प्रदेश कमिटी सदस्य हरि ओझा, जिल्ला कमिटी उपाध्यक्ष प्रेम गिरी र अतिथिहरुमा जिल्ला कमिटी सदस्य तथा बुद्धशान्ति ईन्चार्ज टीका पाठक, जिल्ला सदस्य गंगा सुवेदी, भोला धिमाल, अनेम संघ जिल्ला सदस्य मुना पौडेल, बुद्धशान्ति गाउँकमिटी अध्यक्ष नेत्र रिजाल लगायतको उपस्थिति रहेको थियो।

विशेष अतिथि प्रेम गिरीले महिलाको हक हितमा नेकपा एमालेले जहिले पनि आवाज उठाउने गरेको कुरा बताए भने उनले अनेम संघको केन्द्रीय अध्यक्ष बिध्या भण्डारी भएको बेला महिलाहरुलाई ३३% आरक्षणको व्यवस्था सदनबाट पारित भएको उल्लेख गरे।
कार्यक्रम को सञ्चालन सुशिला रिसालले गरेकी थिइन । कार्यक्रममा ७० जना भन्दा बढी नयाँ बुहारीहरूको उपस्थिती रहेको आयोजकले जानकारी दिएका छन्।